अख्तियारले डामेका,आयोगले पोलेका सबैलाई घर पठाइदिऔं : गगन थापा

अख्तियारले डामेका,आयोगले पोलेका सबैलाई घर पठाइदिऔं : गगन थापा
फाइल तस्बिर।

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले विवादित मन्त्री तथा सांसदहरूलाई घर पठाउनुपर्ने सुझाव दिएका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद थापाले विवादमा मुछिएका सांसद तथा मन्त्रीहरूलाई घर पठाएर अनुसन्धान गर्नुपर्ने माग गरेका हुन्।

प्रतिपक्षी दलहरूले विभिन्न मुद्दामा मुछिएका मन्त्रीहरूको राजीनामा माग गर्दै संसदमा विरोध जनाएपछि कांग्रेस सांसद थापाले दाग लागेका मन्त्री तथा सांसदहरूलाई राजीनामा गर्न लगाएर छानबिन गर्नुपर्ने उल्लेख गरे।

'विगत केही दिनअघिदेखि यताकोले उता बसेको दागी गर्ने उता बसेकाले यता  दागी देखाउने दोहोरो चलेको छ। यही पाराले न संसद राम्रोसँग चल्ने भयो। मुल विषय छायामा पर्ने भयो। आसनको दायाँ बसेको होस् कि बायाँ बसेको होस् काखेको होस् कि पाखेको होस्। अख्तियारले डामेको ,आयोगले पोलेको, सरकारी जग्गामा आँखा परेको झण्डावालाको झण्डा छोपेर घर पठाइदिऔं । सहकारीलाई ठग्ने र दुई चार थान नागरिकता राख्नेलाई पनि यहाँ राखेर होइन घरै पठाइ दिएर अनुसन्धान गर्न दिऔं । यत्ति गर्दा के होला। दोषी देखिए कारवाही होला निर्दोष देखिए फर्केर आउनुहोला। फूलमाला लगाएर स्वागत गरौंला,'उनले भने,' अलिअलि सफा गर्न सकिए यहाँ मिटरब्याजका बारेमा, दूध किसानले मूल्य नपाएको बारेमा, एनसेलको बारेमा जमेर छलफल गर्न सकिन्थ्यो होला। होइन भने उताकोले उता देखाउने उताकोले यता देखाउने दोहोरी चलिरहन्छ।'


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.