घरेलु मैदानमै नेपालको तेस्रो हार, नेदरल्याण्डसँग ८ विकेटले पराजित

घरेलु मैदानमै नेपालको तेस्रो हार, नेदरल्याण्डसँग ८ विकेटले पराजित
तस्बिर : क्यान
सुन्नुहोस्

काठमाडौं : आइसीसी क्रिकेट विश्वकप लिग-२ मा नेपालविरुद्धको नेदरल्याण्ड ८ विकेटले विजयी भएको छ। काठमाडौंको त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले दिएको लक्ष्य नेदरल्याण्डले २ विकेटको क्षतिमा ३७.५ ओभरमै भेट्टाएको हो। घरेलु मैदानमै भएको लिग २ मा नेपालको यो तेस्रो हार हो। 

नेदरल्याण्डका लागि भिक्रमजीत सिंहले सर्वाधिक  ५६ रन र साइब्रान्ड एङगलडेब्रेचले ४६ रन बनाएर अविजित रहे। सिंहले ९२ बलमा ७ चौका प्रहार गरे। एंगलब्रेक्टले ७५ बलमा ३ चौका प्रहार गरे। त्यसैगरी क्याक्स ओ डाउडले २८ रन, मिचेल लेविटले ३९ रनको योगदान गरे।

नेपालका लागि ललित राजवंशी र दिपेन्द्रसिंह ऐरीले १/१ विकेट लिए। 

नेपालले नेदरल्याण्डलाई १७३ रनको लक्ष्य दिएको थियो। नेपालका इनिङ सम्हालेर ब्याटिङ गरिरहँदा कुशल भुर्तेल ६६ रन बनाएर आउट हुँदा नेपालको ब्याटिङ धरमराएको थियो। इनिङको अन्त्यमा करण केसी र आरिफ शेखले नेपाली इनिङ उकास्न खोजेपनि अन्य खेलाडीले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। करण केसीले २६ रन बनाएर आउट हुँदा आरिफ शेखले २२ रन बनाए। आरिफले १ चौका तथा करणले १ चौका र २ छक्का प्रहार गरे। 

भुर्तेलले ९३ बल खेल्दा ८ चौका प्रहार गरे। नेपालका लागि आशिफ शेखले १७, कप्तान रोहित पौडेलले १६ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन्। आशिफले २ चौका र १ छक्का तथा रोहितले २ चौका प्रहार गरे। अनिल साहले १ छक्का प्रहार गर्नबाहेक अन्य खेलाडीले बाउन्ड्रि प्रहार गर्न सकेनन्।

टस जितेर बलिङ रोजेको नेदरल्याण्डका लागि बलरहरुले कसिलो बलिङ गरे। पहिलो विकेट ४२ रनमा झारेयता नेदरल्याण्डले नेपाली ब्याटरहरुलाई खुलेर ब्याटिङ गर्न दिएनन्।

नेदरल्याण्डका लागि भिभियन किङ्मा र आर्यन दत्तले ३/३ विकेट तथा बस डिलिडेले २ विकेट र भानडर मेर्वेले १ विकेट लिएका थिए।

यसअघिको खेलमा नेपालले नेदरल्याण्डलाई ९ विकेटले पराजित गरेको थियो भने नामिबियासँग दुवै खेलमा पराजय बेहोरेको छ। जारी त्रिकोणात्मक सिरिजको यो अन्तिम खेल हो।

लिग टुमा नामिबिया ४ मध्ये ३ खेल जित्दै शीर्ष स्थानमा छ । त्यसैगरी नेदरल्याण्ड २ खेल जितेर दोस्रो र नेपालले १ खेल जितेर तेस्रो स्थानमा छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.