आइतबार देशका यी स्थानमा हुने छ हिमपात
![आइतबार देशका यी स्थानमा हुने छ हिमपात](https://annapurnapost.prixacdn.net/media/albums/himpat_7_rWDssk4XCE_QLajd42I53.png)
काठमाडौं : आइतबार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
आइतबार राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)