कुनै एक जात विशेषले मात्रै राज्य चलाउन खोज्नु लोकतन्त्र होइन : प्रधानमन्त्री

कुनै एक जात विशेषले मात्रै राज्य चलाउन खोज्नु लोकतन्त्र होइन : प्रधानमन्त्री

मलंगवा : प्रधानमन्त्री पुष्पकमल दाहालले सबै वर्ग, समुदाय, भाषाभाषी, सँस्कृति, पर्व र परम्परालाई एउटै सुत्रमा बाँधेरमात्रै राष्ट्रिय एकता कायम हुनसक्ने बताएका छन्।

सर्लाहीको बागमती नगरपालिकाले आयोजना गरेको शैक्षिक तथा साँस्कृतिक महोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सबैको अधिकारलाई समानरूपले स्थापित गर्नुपर्ने बताए। 'कुनै एक जात विशेष र भाषा विशेषमा मात्रै राज्य चलाउन खोज्नु लोकतन्त्र होइन, त्यो निरङ्कुशतन्त्र हो भन्ने कुरा २५० वर्षले राम्रै प्रमाणित गरिसकेको छ,' उनले भने। 

कार्यक्रममा प्रस्तुत गरिएको सातै प्रदेशको भाषा, सँस्कृति र पहिचान झल्किने नृत्य निकै चाखलाग्दो रहेको प्रधानमन्त्री दाहालको भनाइ छ। राष्ट्रव्यापी रूपमा यस्ता कार्यक्रम हुनुपर्ने उनको जोड थियो। उनले बागमती नगरपालिकाले शैक्षिक र साँस्कृतिक कार्यक्रम गरेर राष्ट्रिय भावनालाई प्रवर्द्धन गर्न जोड दिएको बताए।

उनले विद्यार्थीलाई विद्यालयकालदेखि नै राष्ट्रप्रेम जगाउने र राष्ट्रिय एकतालाई सुदृढ गर्ने गतिलो सन्देश दिएको बताए। यस्ता कार्यक्रमलाई देशैभरि प्रवर्द्धन गर्न आवश्यक रहेको उनको भनाइ छ।

कार्यक्रममा सहभागी सामुदायिक विद्यालयका बालबालिकाहरूले प्रत्येक प्रदेशको दुई वटा सँस्कृति झल्किने गीतमा नृत्य गरेका थिए। पछि एकैचोटी ३ हजार विधार्थीले सामूहिक नृत्य गरेका थिए। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.