फोटो फिचर

न्याय माग्दै मिटरब्याज पीडितको सिंहदरवार मार्चपास, रात कटाउन फोडे प्रदर्शनी हलको ताला

न्याय माग्दै मिटरब्याज पीडितको सिंहदरवार मार्चपास, रात कटाउन फोडे प्रदर्शनी हलको ताला
तस्बिर : मार्चपासमा सहभागी पीडितहरू (दाँया) र प्रदर्शनी भवनको ताला फोडेर प्रवेश गर्दै (बाँया)। अशोक दुलाल/अभिषेक महर्जन

काठमाडौं : मिटरब्याज पीडितहरूले थानकोट-सिंहदरवार पैदल मार्चपास गरेका छन्। पूर्व मेचीदेखि पश्चिम महाकालीबाट पैदल यात्रा गर्दै केन्द्रीय राजधानी आइपुगेका उनीहरूले सरकारसँग न्याय माग गरेका छन्। मिटरब्याजी साहुबाट शारीरिक, मानसिकसहितका अन्याय सहँदै आएका उनीहरूले कानुन संशोधनको मागसमेत गरेका छन्। सरकारले मिटरब्याज पीडितको समस्या समाधानका लागि जाँचबुझ आयोग गठन गरे पनि त्यसले झनै अन्यायमा पारेको उनीहरूको गुनासो छ। 

सिंहदरवारसम्मै पैदल मार्चपास गर्ने योजना बुनेर आएका उनीहरू शुक्रबार भृकुटीमण्डमै रोकिएका थिए। प्रहरीले निषेधित क्षेत्र भन्दै त्यहाँबाट अगाडि बढ्न दिएन। केहीबेर सडकमै बसेर नाराबाजी गरेका उनीहरू साँझ भृकुटिमण्डस्थित प्रदर्शनी हलको ताला फोडेका छन्। सुरक्षित रात कटाउनुपर्ने माग गरे पनि प्रशासनले नसुनेपछि ताला फोडेर बसेको पीडितहरूको भनाइ छ। 

nullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullतस्बिरहरू : अभिषेक महर्जन/अशोक दुलाल


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.