नामिबियाले नेदरल्यान्ड्सलाई २४ रनले हरायो

नामिबियाले नेदरल्यान्ड्सलाई २४ रनले हरायो
सुन्नुहोस्

काठमाडौं : आइसीसी विश्वकप लिग-२ अन्तर्गतको खेलमा नामिबियाले तेस्रो जित हासिल गरेको छ। टियु क्रिकेट मैदानमा नामिबियाले नेदरल्यान्ड्सलाई २४ रनले हराएको हो। 

टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले ४१.३ ओभरमा अलआउट हुँदै २०३ रन बनाएको थियो। नामिबियाका लागि जन निकोलले सर्वाधिक ४९ रन बनाएका थिए। त्यस्तै जन फ्रिलिङ्कले ३४ र मलन क्रुगरले ३९ रन बनाए।

जवाफी ब्याटिङ गरेको नेदरल्यान्ड्स ४३.५ ओभरमा अलआउट हुँदै १७९ रनमात्र बनाउन सक्यो। नेदरल्यान्ड्सका लागि नोह क्रोइजले ४६ र म्याक्स ओडुडले ४१ रन बनाए। नामिबियाका लागि गेरहार्ड र जनले ३-३ विकेट लिए।

यसअघि नामिबियाले नेपालसँगको दुवै खेल जितेको थियो। नेपाल र नेदरल्यान्ड्सबीच अन्तिम खेल आइतबार हुनेछ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.