उदयपुरमा मोटरसाइकल दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती घाइते
![उदयपुरमा मोटरसाइकल दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती घाइते](https://annapurnapost.prixacdn.net/media/albums/accident_20220221115319_IpVq6lk0XZ_rjH6EEfOBh.jpg)
उदयपुर : उदयपुरको त्रियुगा नगरपालिका- ८ झोडामा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मदन भण्डारी स्मृती लोकमार्गको नेपालटारबाट सदरमुकाम गाईघाटतर्फ आउँदै गरेको को.२८.प.७०८६ नम्बरको मोटरसाकलले सोही दिशातर्फ जाँदै गरको प्र.१-०५-०१ क. ००३५ नम्बरको ट्रकलाई ओभरटेक गर्ने क्रममा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी हरिनन्दन चौधरीका अनुसार दुर्घटनाबाट घाइते भएका मोटरसाइकल चालक उदयुरगढी गाउँपालिका ६ नेपालटारका ३४ वर्षीय रत्नकुमार तामाङको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएकी तामाङकी श्रीमतीको जिल्ला अस्पतालमा उपचार भइरहेको उनले बताए । उनको अनुहार र दाहिने हातमा चोट लागेको छ । डीएसपी चौधरीका अनुसार ट्रक चालक त्रियुगा नगरपालिका- ११ का ४० वर्षीय बिनोदकुमार चौधरीलाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)