संसदमा सत्तापक्ष र प्रतिपक्षीबीच भनाभन

ज्ञानेन्द्र शाहीलाई माधव सापकोटाले भने : सदन अवरोध गर्ने भए राजीनामा दिएर सडकमा गए भइहाल्यो नि

ज्ञानेन्द्र शाहीलाई माधव सापकोटाले भने : सदन अवरोध गर्ने भए राजीनामा दिएर सडकमा गए भइहाल्यो नि

काठमाडौं : सत्तारुढ नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले विपक्षी सांसदहरूलाई संसदमा अवरोध नगर्न आग्रह गरेका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा प्रतिपक्ष दलका सांसदहरूले अवरोध गरेपछि उनले बैठकमा हुलहुज्जत नगर्न आग्रह गरेका हुन्।

बैठकमा नेकपा एमाले राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले बालकुमारी घटनाका दोषीमाथि कारवाहीको माग गरेका थिए। राप्रपाका सांसद ज्ञानेन्द्रबहादुर शाहीले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले समेत बालकुमारी घटना हत्या भएको बताएको भन्दै दोषीमाथि कारवाही नगरिनुको कारण सरकारलाई सोधेका थिए। उनले घटनाका दोषीहरूलाई कारवाही नगरेसम्म संसद चल्न नदिने चेतावनी समेत दिएका थिए।

त्यसपछि बोलेका माओवादी सांसद सापकोटाले शाहीको प्रतिवाद गरेका थिए। 

'भर्खरै माननीय ज्ञानेन्द्र शाहीले भन्नुभयो संसद चल्न दिँदैनौं, 'उनले भने नचलाउनुस् केही छैन। संसद बन्द गर्न, अराजकता प्रदर्शन गर्न,हुलहुज्जत गर्न, मनलागी गर्न जनताबाट निर्वाचित भएर आएको हो? तपाईंहरू शासन व्यवस्थाको कुरा गर्नुहुन्छ, तपाईंहरूलाई यो शासन व्यवस्था गलत छ भन्ने लाग्दछ भने सांसदबाट राजीनामा  गरेर सडकमा जानुस्। त्यो अधिकार तपाईंलाई छ ।'

संसदमा विभिन्न विषयमा सत्तापक्ष र प्रतिपक्षका सांसदहरूबीच भनाभन भएपछि बैठक १५ मिनेटका लागि स्थगित भएको छ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.