पुनर्निर्माणमा छुटेका ४५ परिवारको घर निर्माण हुने
![पुनर्निर्माणमा छुटेका ४५ परिवारको घर निर्माण हुने](https://annapurnapost.prixacdn.net/media/albums/Untitled-1_ROMSMlEw5G_WXYUfTKqhM.jpg)
दोलखा : जिल्लाको विगु गाउँपालिका–८ थामीचाँगूका ४५ घर परिवारको घर निर्माण हुने भएको छ। सहरी विकास कार्यालयले पुनर्निर्माणमा छुटेका उनीहरूको घर निर्माण गर्न लागेको हो।
भूकम्पबाट छुटेका परिवारको घर निर्माणका लागि आवास निर्माणका लागि ४५ जनासँग सम्झौता गरेको सहरी विकास तथा भवन कार्यालय धुलिखेलका प्रमुख सन्तोष निरौलाले बताए।
जनता आवास कार्यक्रम कार्यान्वयन कार्यविधि २०७५ अनुसार प्रभावितले चार पटक गरेर ३ लाख ५० हजार रुपैयाँ रकम पाउने छन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)