प्रदेश ईञ्जार्जको हेरफेर गर्न माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै
काठमाडौं : नेकपा माओवादी केन्द्रका प्रदेश ईञ्जार्जको हेरफेर गर्न स्थायी कमिटीको बैठक बस्दैछ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बैठक बस्ने नेकपा माओवादी केन्द्रका केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए। उनका अनुसार विधान अधिवेशन र केन्द्रीय कमिटी बैठकका निर्णयको कार्यान्वयनबारे बैठकमा छलफल हुनेछ।
आजको बैठकले समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्ने र दुई महिने अभियानको कार्यतालिका बनाउने उनको भनाई छ।
एमालेले मध्यपहाडि लोकमार्गमा समृद्धिका लागि संकल्प यात्राको समापन गरेपछि माओवादी केन्द्रले पनि आगामी चैत १ देखि १५ गतेसम्म हुने तराई मधेश जागरण अभियान र आगामी वैशाख १ देखि १५ गतेसम्म हुने हिमाल, पहाड, तराई एकता अभियान सञ्चालन गर्ने तयारी गरेको छ।