अन्तरिक्षमा आणविक हतियार राख्ने रुसको कुनै मनसाय छैन : पुटिन

अन्तरिक्षमा आणविक हतियार राख्ने रुसको कुनै मनसाय छैन : पुटिन
सुन्नुहोस्

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अन्तरिक्षमा आणविक हतियार राख्ने मस्कोको कुनै मनसाय नरहेको मङ्गलबार घोषणा गरेका छन्। उनले अमेरिका समान रुसले अन्तरिक्ष क्षमता विकसित गरेको दाबी गरे। 

रुसले ‘चिन्तित तुल्याउने’ उपग्रह–विरोधी हतियार क्षमता हासिल गरेको ह्वाइट हाउसले गत साताको पुष्टिपछि पुटिनको उक्त भनाइ आएको हो। यद्यपि अहिलेसम्म यस्तो प्रकारको कुनै पनि हतियार सञ्चालनमा छैन। 

ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले यो अन्तर्राष्ट्रिय बाह्य अन्तरिक्ष सन्धिको उल्लङ्घन हुने बताए। यद्यपि उनले हतियार आणविक–सक्षम हो कि होइन भन्नेबारे टिप्पणी गर्न अस्वीकार गरे। 

रुससहित एक सय ३० भन्दा बढी देशले हस्ताक्षर गरेको सन्धिले अन्तरिक्ष कक्षमा ‘आणविक हतियार वा कुनै पनि अन्य प्रकारका सामूहिक विनाशका हतियार’ तैनाथ गर्न वा ‘कुनै अन्य तरिकाले बाहिरी अन्तरिक्षमा हतियार राख्न’ निषेध गर्दछ। ह्वाइट हाउसले चिन्ताहरूबारे रुसीहरूसँग सिधै कुराकानी गर्ने बताएको छ। 

'हाम्रो स्थिति बिल्कुल स्पष्ट र पारदर्शी छ : हामी सधैँ अन्तरिक्षमा आणविक हतियारको तैनाथीको स्पष्टरूपमा विरोध गर्दै आएका छौँ र गरिरहने छौँ', पुटिनले भने, 'यसको ठिक विपरीत, हामी सबैसँग यस क्षेत्रमा अवस्थित सबै सम्झौतालाई पालना गर्न आग्रह गरिरहेका छौँ।'

आफ्ना रक्षमन्त्री सर्गेई शोइगुसँगको एक बैठकका क्रममा पुटिनले भने, 'रुसले त्यही मात्र अन्तरिक्ष क्षमता विकसित गरेको छ जुन अमेरिकासहित अन्य मुलुकसँग छ, र उनीहरूलाई यो थाहा छ।'

शोइगुले भने, 'हामीले उपग्रहहरूविरुद्ध प्रयोग गर्न वा  उपग्रहले कुशलतापूर्वक काम गर्न नसक्ने गरी अन्तरिक्षमा कुनै आणविक हतियार वा त्यसको कुनै पनि तत्वलाई तैनाथ गरेका छैनौँ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.