कोशी सरकार र पहिचान पक्षधरबीच तीन बुँदे सहमति

कोशी सरकार र पहिचान पक्षधरबीच तीन बुँदे सहमति
सुन्नुहोस्

विराटनगर : कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीचको भएको दोस्रो चरणको वार्ता तीन बुँदे आंशिक सहमतिपछि सकिएको छ। बुधबार विराटनगरको इस्टर्नस्टार होटलमा भएको सरकार र प्रदेश पुनः नामकरण संघर्ष समितिको वार्ता आंशिक सहमतिपछि सकिएको हो।

दुई पक्षको वार्ता टोलीबीच प्रदेशको पुनः नामांकनको प्रक्रियालाई अगाडि बढाउन सरकार र आन्दोलनरत पक्ष दुबैले ठोस कसरत गरेर निष्कर्षको चरणमा पुर्‍याउन आगामी वार्तासम्ममा पहल गर्ने सहमति वार्ता टोलीका सदस्य सचिव आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेलले बताए। 

त्यस्तै फागुन मसान्तसम्ममा प्रदेश खारेजीको आन्दोलनका क्रममा घाइते भएकाहरूको तथ्यांक संकलन गरिने सहमति भएको छ, जसका लागि प्रदेश सरकार र आन्दोलनरत पक्षबाट दुई-दुई जना प्रतिनिधिसहित कार्यदल बनाइने छ।

उक्त कार्यदलले उपचार खर्चको विवरणसमेत संकलन गरी आगामी वार्तामा पेस सहमति भएको छ। यसअघि आन्दोलनकारीलाई लागेका सबै मुद्दा फिर्ता गर्ने सहमति पनि कोशी सरकारले गरेको छ। यसैगरी कोशी नामकरणका दिन आगामी फागुन १७ मा पहिचान पक्षधरले शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउने छन् । नामकरण भएको दिनलाई शान्तिपूर्ण विरोध गर्ने आन्दोलनरत वार्ता टोलीका संयोजक डकेन्द्रसिं थेगिमले जानकारी दिए।

‘नामकरण भएको दिनलाई कालो दिनका रूपमा मनाउँछौं,’ उनले भने। यसअघिको वार्तामा दुईपक्षबीच पाँच बुँदे सहमति भएको थियो। सो सहमतिलाई कार्यान्वयन गर्ने पनि सहमति भएको छ। गत फागुन १७ गते प्रदेशको नामकरण भएपछि पहिचान पक्षधर आन्दोलनरत छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.