काठमाडौंमा एकै परिवारका तीन जनाको शव फेला, हत्याको आशंका
काठमाडौं : काठमाडौंको सितापाइलामा एकै परिवारका तीन जना मृत फेला परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले नागार्जुन नगरपालिका-६ सितापाइलामा तीन जनाको शव फेला परेको अन्नपूर्ण पोस्टलाई जानकारी दिए।
घरको कोठाभित्र एक महिला र दुई बच्चाको शव फेला गरेको हो। उनका अनुसार धारिलो हतियार प्रयोग गरी हत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। थप अनुसन्धानका लागि प्रहरी टोली घटनास्थलमा पुगिसकेको छ।