सामसङको ग्यालेक्सी ए १५ फाइभजी नेपाली बजारमा

सामसङको ग्यालेक्सी ए १५ फाइभजी नेपाली बजारमा
सुन्नुहोस्

काठमाडौं : नेपाली बजारमा सामसङ ग्यालेक्सी ए १५ फाइभजी सार्वजनिक भएको छ। उत्कृष्ट सुविधासहित नेपालमा ग्यालेक्सी ए १५ सार्वजनिक गरेको सामसङ नेपालले जनाएको छ। 

यस डिभाइसमा FHD+ रेजोल्युसन भएको 6.5 इन्चको उत्कृष्ट सुपर AMOLED इन्फिनिटी डिस्प्ले छ।  जसले जीवन्त दुश्यहरू र स्पष्ट विवरणहरू प्रदान गर्दछ। 90Hz रिफ्रेस रेटको कारणले तपाईंले यसलाई स्क्रोल गर्दा ट्याप गर्दा बा स्वाइप गर्दा सहज र प्रतिक्रियात्मक अनुभव हुन्छ। 

यसको अत्याधुनिक क्यामराका विशेषताहरुले गर्दा A15 5G को क्यामरा फोटोग्राफीको लागि उत्कृष्ट छ। पछ्याडिको सेटअपमा 50MP वाइड एंगल क्यामरा 5MP अल्ट्रा- वाइड क्यामेरा, र 2MP म्याक्रो क्यामरा समावेश छ। जसले गर्दा प्रयोगकर्ताहरूले शानद्वार परिदृश्यदेखि जटिल विवरणहरूसम्म सबै कुरा सजिलै खिच्न सक्छन्। 13MP फ्रन्ट क्यामरा शानदार सेल्फीका लागि उपयुक्त छ। A15 5G तपाईंका सबै फोटोग्राफी आवश्यकताहरूको लागि आदर्श विकल्प बनेको छ।

यो एन्ड्रोइड १४ मा चल्छ र यसमा सामसङको प्रयोग गर्न सजिलो One UI 6.0. छ। यसले तपाईंलाई अनुकूल इन्टरफेस दिन्छ। जुन तपाईं सजिलैसँग कष्टमाइज गर्न सक्नुहुन्छ। यस बाहेक यो डिभाइसले ४ वर्षको ओएस अपडेटहरू र ५ वर्षको सुरक्षा अपडेटहरू पनि प्रदान गर्दछ। 

डिभाइसको 2G देखि 5G सम्मको नेटवर्कहरूले व्यापक कनेक्टिभिटीका विकल्पहरू प्रदान गर्ने सुनिश्चित गर्दछ जसले गर्दा नेपालका प्रयोगकर्ताहरूले छिटो र भरपर्दो इन्टरनेटको आनन्द लिन सक्छन्। 

अत्याधुनिक सुविधाहरूले भरिपूर्ण भएपनि A155G ले सामसङको पहुँचको लागि प्रतिबद्धता कायम राख्छ। ६/१२८ जीबीको हाइ–इन्ड टेक्नोलोजी प्रदान गर्दै यो २७ हजार ९९९ को प्रतिस्पर्धी मूल्यमा, ८/१२८ जीबी २९ हजार ९९९ मा र ८/२५६जीबी संस्करण ३३ हजार ९९९ मा उपलब्ध हुनेछ। 

ग्यालेक्सी A15 5G इन्स्टा फाइनान्स सेवाको साथमा सबै अधिकृत सामसङ स्टोरहरूमा सजिलै प्राप्त गर्न सकिन्छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.