नेपाल एको पहिलो जित

नेपाल एको पहिलो जित
अर्धशतक पूरा गरेपछि बसिर अहमद। तस्बिर : क्यान
सुन्नुहोस्

काठमाडौं : नेपाल ए ले पहिलो जित दर्ता गरेको छ। मूलपानी क्रिकेट मैदानमा क्यानडा-११ लाई २ विकेटले हराउँदै नेपाल ए विजयी भएको हो।

नेपाल एलाई जिताउन कप्तान सन्दीप जोरा र बसिर अहमदले अर्धशतक प्रहार गरे। सन्दीपले ७४ बलमा ७ चौका र १ छक्कासहित ६६ रन बनाएर आउट हुँदा बसिर ७३ बलमा ४ चौका र १ छक्कासहित ५२ रनमा अविजित रहे। त्यस्तै रसिद खान ४७, अर्जुन कुमाल ४० र किरण ठगुन्ना १३ रनमा आउट भए।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको क्यानडाले ४९.५ ओभरमा अलआउट हुँदै २४० रन बनाएको थियो। खेलमा क्यानडाका लागि श्रेयस मोभाले उत्कृष्ट ब्याटिङ गर्दै ६८ रन जोडेका थिए। त्यसैगरी नवनित धलिवलले ४६ रन, सृमन्थ विजयरत्नेले ४१ रन, आरोन जोन्सनले ३६ रन र डिलोन हेलीगरले १६ रनको योगदान दिए।

नेपालका लागि साहब आलमले सर्वाधिक ३ विकेट लिए। शेर मल्ल र राशीद खानले २-२ विकेट, सागर ढकाल र बसिर अहमंदले १-१ विकेट लिए।

यसअघि पहिलो खेलमा नेपाल ए क्यानडा-११ सँग पराजित भएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.