बचतकर्ताको रकम हिनामिना गर्ने सुप्रिम सहकारी बुटवलका अध्यक्ष र व्यवस्थापक पक्राउ

बचतकर्ताको रकम हिनामिना गर्ने सुप्रिम सहकारी बुटवलका अध्यक्ष र व्यवस्थापक पक्राउ
सुप्रिम बचत तथा ऋण सहकारी संस्था बुटवलका अध्यक्ष ओम प्रकाश गुरुङ

बुटवल : बचतकर्ताको रकम हिनामिना गर्ने सुप्रिम बचत तथा ऋण सहकारी संस्था बुटवलका अध्यक्ष ओम प्रकाश गुरुङलाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक विजयराज पण्डितका अनुसार बचतकर्ताको उजुरीका आधारमा अध्यक्ष गुरुङ र भैरहवा शाखामा कार्यरत व्यवस्थापक दुर्गा चापागाई पाण्डेयलाई प्रक्राउ गरिएको हो। गुरुङलाई बुटवलबाट र पाण्डेयलाई स्याङजाबाट पक्राउ गरिएको हो। 

गुरुङ अध्यक्ष रहेको उक्त सहकारीले झण्डै साढे दश हजार बचतकर्ताहरुको कुल १ अर्ब ७ करोड ८२ लाख रुपैयाँ रकम हिनामिना गरेको बचतकर्ताले उजुरी दिएका छन्। उनीविरुद्ध तीन सय बढी सदस्यले लिखित उजुरी दिएको प्रहरी नायव उपरीक्षक पण्डितले जानकारी गराए।

पक्राउ परेका गुरुङ बुटवल उपमहानगरपालिका–८ हिलपार्क र पाण्डेय कालीगण्डकी गाउँपालिका–४ स्याङ्जा (हाल तिलोत्तमा–५) निवासी हुन्। रकम हिनामिनामा संलग्न सहकारीका संस्थापक अध्यक्ष एवं संरक्षक गितेन्द्र बहादुर (जिबि) राई विगत एक वर्षदेखि फरार छन्। उनीहरुविरुद्ध थप अनुसन्धान भइरहेको पण्डितले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.