सिकाइ संस्कार प्रवर्द्धन गर्न शैक्षिक मेला

सिकाइ संस्कार प्रवर्द्धन गर्न शैक्षिक मेला
सुन्नुहोस्

दोलखा : दोलखाको भीमेश्वर नगरपालिका- २ मा रहेको तिखातल आधारभूत विद्यालयले सिकाइ संस्कार प्रवर्द्धन गर्न शैक्षिक मेला आयोजना गरेको छ। विद्यालयले घर तथा विद्यालयमा सिकाइ संस्कार प्रवर्द्धन गरी बालबालिकामा राम्रो आनीबानीको विकास गर्नका लागि मेला आयोजना गरेको हो। 

सिकाइ निरन्तर अभियानअन्तर्गत शैक्षिक गुणस्तरलाई सुधार गर्नका लागि विद्यार्थीहरूमा भौतिक ज्ञान बढाउने र अभिभावक विद्यार्थीहरूमा आआफ्नो जिम्मेवारीको बोध गराउने उद्देश्यले मेलाको आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक तीर्थबहादुर जोशीले जानकारी दिए।

मेलाको उद्घाटन गर्दै प्रदेश सांसद भरतबहादुर केसीले बालबालिकाको शैक्षिक गुणस्तर बढाउन मेलाले निकै महत्व राख्ने बताए। सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तरका साथ घर परिवार र समाजमा संस्कार खस्किँदै गएकाले यस्ता कार्यक्रम प्रभावकारी हुने र शैक्षिक मेलाले विद्यालयमा पठन संस्कृतिको विकास हुने विश्वास व्यक्त गरे।

 

 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.