बझाङको परकाट्ने केन्द्रविन्दु भएर भूकम्पको धक्का
![बझाङको परकाट्ने केन्द्रविन्दु भएर भूकम्पको धक्का](https://annapurnapost.prixacdn.net/media/albums/earthquake-57bd84232760e5.86478978_eLTU2oGHjD_vKsBuNeadn.jpg)
काठमाडौं : बझाङको थलारा गाउँपालिकास्थित परकाट्ने केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार शुक्रबार बिहान ९ बजेर ३२ मिनेट जाँदा परकाट्ने आसपास केन्द्रविन्दु भएर चार दशमलव चार रेक्टरस्केलको भूकम्प गएको हो ।
यसअघि गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर भूकम्प जाँदा जाजरकोट र पश्चिम रुकुममा मात्र एक सय ५३ जनाले अकालमा ज्यान गुमाएका थिए भने दुई सयभन्दा बढी व्यक्ति घाइते भएका थिए ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)