कांग्रेसका लागि न कोही दुस्मन, न कसैप्रति आग्रह

कांग्रेसका लागि न कोही दुस्मन, न कसैप्रति आग्रह

काठमाडौं : सत्तासीन कांग्रेसले कुनै पनि राजनीतिक दललाई ‘दुमन’ को रूपमा नलिने नीति लिदैछ। केन्द्रीय समितिको बिहीबारको बैठकमा उपसभापति पूर्णबहादुर खड्काले पेस गरेको राजनीतिक प्रतिवेदनमा सबै दललाई ‘मित्र’ ठान्ने उल्लेख छ। महासमिति बैठकमा लैजाने उद्देश्यले केन्द्रीय समितिमा राजनीतिक प्रतिवेदन पेस भएको हो। ‘नेपाली कांग्रेस सबै राजनीतिक दललाई सहकर्मी तथा राजनीतिक मित्र ठान्छ,’ प्रतिवेदनमा भनिएको छ– अनेक दल हुन्छन् र पो लोकतन्त्र हुन्छ अनि प्रतिस्पर्धा हुन्छ। आफूमात्र भएको कल्पना त घोर निरंकुशता हो।’ 

खड्काले कुनै पनि राजनीतिक दलप्रति दुस्मनीको साइनो नभएको बताएका थिए। तर, पार्टीले लोकतन्त्र विरोधीसँग भने कहिल्यै पनि उदार नहुने खड्काले बताए। ‘कांग्रेसको कुनै पनि दलप्रति विशेष आग्रहसहित मित्रवत् र कुनै दलप्रति दुस्मनीको साइनो छैन,’ खड्काले भने, ‘उदारता र दलहरूप्रतिको सम्मान कांग्रेसको सीमा हो, तर दलीय पद्धतिप्रतिको विषवमन र उग्रताविरुद्ध भने कांग्रेस दृढतापूर्वक चट्टान भएर उभिइरहने छ।’

खड्काले पेस गरेको राजनीतिक प्रतिवेदनमा भनिएको छ– लोकतन्त्रको उदारता प्रयोग गरेर लोकतन्त्रकै गला रेट्न उद्यत दल तथा समूहप्रति भने कांग्रेस कहिल्यै उदार हुन सक्दैन।’ खड्काले‘जिम्मेवार नेपाली कांग्रेसः समुन्नत देश’ शीर्षकमा ५९ पृष्ठको मूल प्रस्ताव तयार पारेका छन्। जसमा राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक सहितका विषय उल्लेख गरिएका छन्। 

फागुन ७ देखि १० गतेसम्म चल्ने महासमिति बैठकमा उपसभापति खड्काले नीतिसम्बन्धी, महामन्त्री गगन थापाले संगठनात्मक र अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिबारे प्रस्ताव पेस गर्ने तयारी गरेका छन्। बैठकमा पेस गर्ने प्रस्तावबारे केन्द्रीय समिति बैठकले टुंगो लगाउनेछ। 

महामन्त्री थापाको प्रतिवेदन संगठनको संरचना तथा सांगठनिक समस्यालगायत विषयमा केन्द्रित छ। थापाले प्रतिवेदनमार्पmत पार्टीको १५ औं महाधिवेशनको कार्यतालिका प्रस्ताव प्रस्तुत गरेका छन्। थापाले ०८२ मंसिर मसान्तभित्र महाधिवेशन गर्ने प्रस्ताव गरेका छन्। १४औंको नीति अधिवेशन सम्पन्न नहुँदै थापाले १५ औं महाधिवेशनको तालिका सार्वजनिक गरेका हुन्। महामन्त्री थापाले ०८१ मंसिर १५ भित्र वडा अधिवेशन, मंसिर मसान्तभित्र गाउँ, नगर अधिवेशन र ०८२ भदौ मसान्तभित्र प्रदेश र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन गर्ने कार्यतालिका पेस गरेका हुन्।

थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले नीति, प्राथमिकता र कार्यक्रमअनुसार काम गर्न नसकेको आरोप लगाएका छन्। महासमिति बैठकमा पेस गर्नका लागि तयार पारेको सांगठानिक प्रतिवेदनमा सरकारको प्रतिरक्षा गर्ने कि प्रश्न ? भनेर थापाले प्रतिवेदनमा उल्लेख गरेका छन्।

उनले भनेका छन्, ‘यतिबेला संघ, प्रदेश र बहुसंख्यक स्थानीय सरकारमा पार्टी नेतृत्वदायी भूमिकामा भए तापनि पार्टी सरकारमा भएको महसुस र आफ्नोपन नै कांग्रेस सदस्यले गर्न सकिरहेको देखिँदैन। सरकारका नीति, प्राथमिकता र कार्यक्रमसँग पार्टी जोडिएको अनुभूत गर्न सकेको छैन। यस्तो अवस्थामा जताततै पार्टीभित्र एकखालको अलमल छ– हामीले सरकारको प्रतिरक्षा गर्ने कि प्रश्न।’ र अर्का महामन्त्री शर्माले समसामयिक राजनीतिक परिस्थितिबारे प्रतिवेदन प्रस्ताव पेस गरेका छन्। आर्थिक प्रतिवेदन केन्द्रीय कार्यालयको समन्वयमा अर्थमन्त्री डा. प्रकाशशरण महतले पेस गर्ने छन्। कोषाध्यक्ष मनोनीत नभएकाले आर्थिक प्रतिवेदन प्रवक्ता महतले पेस गर्दै छन्। सूचना सञ्चार तथा प्रचार विभागका प्रमुख मीनबहादुर विश्वकर्माले महासमिति बैठकमा प्रस्तुत हुने प्रतिवेदनहरूमाथि छलफल सुरु भएको बताए। उनका अनुसार बिहीबारको बैठकमा देशको पछिल्लो आर्थिक अवस्थाको बारेमा अर्थमन्त्री एवम् पार्टीका प्रवक्त प्रकाशशरण महतले जानकारी गराएका थिए भने स्वास्थमन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य मन्त्रालयले गरेका कामबारे जानकारी गराएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.