बझाङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, २ घाइते

बझाङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, २ घाइते
सुन्नुहोस्

बझाङ : जिल्लाको तल्कोट गाउँपालिकाको साइलाबगडमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु् भएको छ दुई जना घाइते भएका छन्। जिल्लाको तलकोट गाउँपालिका-१ की १९ वर्षीया सुस्मिता कठायतको मृत्यु भएको हो। उपचारका लागि जिल्ला अस्पताल पुर्‍याइएको र चिकित्सक मृत घोषणा गरेको प्रहरीले जनाएको छ। 

दुर्घटनामा परेर तल्कोट-३ का चालक २३ वर्षीय राजेश कडाल र मष्टा ५ का सहचालक १७ वर्षीय कमल कठायतको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। 

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरीक्षक भरतबहादुर शाहका अनुसार तलकोटबाट चैनपुर आउने क्रममा से १ ज ८६८ नम्बरको जीप बिहीबार साँझ अनियन्त्रित भएर सडकबाट ७० फिट तल खसेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.