मुस्ताङको लोघेकरका ६ विद्यालयमा ४६ विद्यार्थी, १५ कर्मचारी

मुस्ताङको लोघेकरका ६ विद्यालयमा ४६ विद्यार्थी, १५ कर्मचारी

जोमसोम : मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाअन्तर्गतका ८ वटा सामुदायिक विद्यालयमध्ये ६ वटा सामुदायिक विद्यालयमा विद्यार्थी संख्या ज्यादै न्यून छ। भौगोलिक रुपले विकट स्थानमा रहेको सो पालिकाका ६ वटा सामुदायिक विद्यालयमा शिक्षक, बालविकास सहजकर्ता र कार्यालय सहयोगी  गरी १५ जना जनशक्ति कार्यरत छन्।

पालिकाअन्तर्गत कुनै विद्यालयमा बढीमा १३ जना विद्यार्थी छन् भने कुनै विद्यालयमा जम्मा २ जना मात्र विद्यार्थी रहेको पाइएको छ। भौगोलिक विकटताका कारण विद्यालय  मर्ज गरी पठनपाठन सञ्चालन गर्न नसक्ने अवस्था रहँदा ती विद्यालयको शैक्षिक गुणस्तर उकास्न समेत समस्या पर्ने गरेको छ। ६ वटा सामुदायिक विद्यालयमा प्रत्येकमा (एक-एक) जना गरी ६ शिक्षक, ३ जना बालविकास सहजकर्ता र ६ जना कार्यालय सहयोगी कार्यरत रहेको गाउँपालिकाकी शिक्षा शाखाकी  प्राविधिक सहायक सुकदेवी गर्बुजाले जानकारी दिइन्।

उनका अनुसार पालिकाअन्तर्गत चराङ आधारभूतमा बालविकास तहमा ५ जना र विद्यालय तहमा ४ जना, मराङ आधारभूतमा बालविकास तहमा ५ जना र विद्यालय तहमा ७ जना, ढाक्मर आधारभूतमा बालविकास तहमा ४ जना र विद्यालय तहमा ९ जना र शालिग्राम आधारभूतमा बालविकास तहमा ३ जना र विद्यालय तहमा १ जना विद्यार्थी छन्। यसैगरी यारा आधारभूत विद्यालयमा ५ जना र घारा आधारभूत विद्यालयमा ३ जना विद्यार्थी छन्।

शिक्षा सहायक गर्बुजाकाले लोघेकरका ६ सामुदायिक विद्यालयमा पढ्ने ४६ जना विद्यार्थीका लागि शिक्षक, बालविकास सहजकर्ता र कार्यालय सहयोगीका लागि वार्षिक ५२ लाख ७६ हजार सरकारी कोषको रकम खर्च हुने बताइन्। उनका अनुसार ६ जना शिक्षकको वार्षिक खर्च ३३ लाख ८ हजार, बालविकास सहजकर्ताको वार्षिक खर्च ७ लाख ८ हजार र कार्यालय सहयोगीको वार्षिक खर्च १२ लाख ६० हजार रहेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.