काठमाडौं विश्वविद्यालयमा भारत–नेपाल उच्च शिक्षा शिखर सम्मेलन सुरू

काठमाडौं विश्वविद्यालयमा भारत–नेपाल उच्च शिक्षा शिखर सम्मेलन सुरू
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

काभ्रे  : काभ्रेको धुलिखेलमा रहेको काठमाडौं विश्वविद्यालयको आयोजनामा उत्तर क्षेत्रीय अन्तर्राष्ट्रिय उपकूलपति सभा तथा भारत–नेपाल उच्च शिक्षा शिखर सम्मेलन प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले उदघाटन गरेसँगै सुरु भएको छ। उक्त सम्मेलन शनिबारसम्म चल्नेछ ।

बुधबार विश्वविद्यालयको परिसरमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भारतीय विश्वविद्यालय संघका अध्यक्ष प्रा.डा जीडी शर्माले भारतभन्दा पहिलो पटक आयोजना गर्न लागिएको यस बृहत् प्राज्ञिक सम्मेलनले सामूहिक उन्नयनको बाटो पहिल्याउने बताए । काठमाडौं विश्वविद्यालयका उपकूलपति प्रा.डा भोला थापाले यस किसिमको बृहत्तर प्राज्ञिक कार्यक्रम आयोजना गर्न पाउनु नेपालको समग्र उच्च शिक्षा क्षेत्रमा कोशेढुङ्गा सावित हुने बताए । 

सम्मेलनमा भारतीय विश्वविद्यालय संघको आयोजना तथा काठमाडौं विश्वविद्यालयको तत्वावधानमा आयोजित कार्यक्रममा नेपाल,भारत,बाङ्लादेश,मलेसिया, थाइल्यान्डलगायत देशका विश्वविद्यालयका उपकूलपति तथा शिक्षाविद्हरुको उपस्थिति रहनेछ । 

यसैगरी कार्यक्रममा भारतीय विश्वविद्यालय संघका उपाध्यक्ष एवं क्षत्रपति साहुजी महाराज विश्विविद्यालय कानपुरका उपकूलपति विनय कुमार पाठक,अखिल भारतीय तकनीकी शिक्षा परिषदका अध्यक्ष डा .अभय जेरे, राष्ट्रिय मूल्यांकन एवं प्रत्यायन परिषद वेङ्गलुरुका निर्देशक प्रा. गणेशन कन्नविराम, भारतीय कृषि अनुसन्धान परिषदका निर्देशक डा. आर सी अग्रवाल, भारतीय विश्वविद्यालय संघकी महासचिव डा पंकज मित्तल तथा काठमाडौं विश्वविद्यालयका उपकूलपति प्रा. डा भोला थापाले सम्बोधन गर्ने विश्व विद्यालयका प्रवक्ता एकु माया पुनले जानकारी दिइन्।

कार्यक्रममा हालसम्म भारतसहित दक्षिणपूर्वी एसियाली क्षेत्र,युरोप,अफ्रिका र अष्ट्रेलियाका विभिन्न विश्वविद्यालयका २ सय ३७ जनाको सहभागिता रहेका छन् । विश्वले उच्चशिक्षाको क्षेत्रमा भोगिरहेको समकालीन मुद्दा “भूमण्डलीकरण र उच्च शिक्षाको अन्तर्राष्ट्रियकरण” मूल–विषय रहेको उक्त सभामा उच्च शिक्षाको अन्तर्राष्ट्रियकरण, अन्तर–विश्वविद्यालय सहकार्य, वैश्विक उच्च शिक्षा नीति आदि विषयमा छलफल हुने पुनले बताइन् ।  

सम्मेलनले नेपालका विद्यालय, कलेज र विश्वविद्यालयका विद्यार्थीलाई करिब १०० भारतीय विश्वविद्यालयका प्राध्यापकहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने र ती विश्वविद्यालयहरूले उपलब्ध गराएको अवसरहरू बुझ्ने अवसर प्रदान गर्ने जनाएका छन् । १०० भारतीय विश्वविद्यालयहरूले लगभग ५००० शैक्षिक र व्यावसायिक कार्यक्रमहरू,आविष्कारहरू, र उत्कृष्ट अभ्यासहरू प्रदर्शन गर्नेछन् ।

दुबै देशका प्राध्यापक र विद्यार्थीहरूले पारस्परिक अनुसन्धान सहयोग,प्राध्यापक र विद्यार्थी आदानप्रदान, ट्विनिङ कार्यक्रमहरू, संयुक्त र दोहोरो डिग्री आदिमा अन्तरक्रिया र विचार विमर्श गर्ने अवसर पाउनेछन् र गुणस्तरीय उच्च शिक्षा प्रदान गर्नका लागि आफ्ना आविष्कारहरू र उत्कृष्ट अभ्यासहरू प्रदर्शन गर्ने अवसर पाउनेछन् । 

शिखर सम्मेलनले दुवै देशका विश्वविद्यालयबीचको सहकार्य र ज्ञान आदानप्रदानलाई बढावा दिनुका साथै भारत र नेपालबीचको शैक्षिक सम्बन्धलाई थप सुदृढ बनाउनेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.