कपिलवस्तुमा बस दुर्घटना : मृतक १० जना सबैको सनाखत

कपिलवस्तुमा बस दुर्घटना  : मृतक १० जना सबैको सनाखत
सुन्नुहोस्

कपिलवस्तु : पूर्व-पश्चिम राजमार्गको शिवराज नगरपालिका -१ सुरही पुल नजिकै भएको बस दुर्घटनामा मृत्यु भएका १० जनाकै पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार दुर्घटनामा  एक दम्पत्तीसहित १० जनाको सनाखत भएको हो।

कन्चनपुर जिल्ला पुर्नवास नगरपालिका वडा नं. ९ का ८१ वर्षीय विसन दत्त भट्ट र उनकी श्रमती ६० वर्षीय विमला देवी भट्टको दुर्घटनामा परी मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, भारत उत्तर प्रदेशका ५५ वर्षीय सकिल मुसलमान,रौतहटका पहुरानी नगरपालिका वडा नं.३ बस्ने नारायण बहादुर भण्डारी,सल्यान सेमीखाल ३ का ४१ वर्षीय अर्जुन कुमार योगी,कन्चनपुरको भिमदत्त नगरपालिका ४ का १९ वर्षीय उमेश भण्डारी, २७ वर्षीय संजु थापा,२१ वर्षीय खगेश्वरी खाती, १८ वर्षीय सुदीप भट्ट र महेन्द्रनगर नगरपालिका १ का २६ वर्षीय राहुल राम कामीको मृत्यु भएको प्रहरी उपरीक्षक नवरत्न पौडेलले बताए ।  

दुर्घटनामा ३० जना घाइते भएका छन्। उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

महेन्द्रनगबाट काठमाडौं जाँदै गरेको सु.प.प्र.०२००१ ख ००९८ नम्बरको बुधबार बस राति १ बजे दुर्घटना भएको थियो । सडकबाट करीब १ मिटर तल बस खसेको र खबर पाए लगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरी उद्दारमा जुटेको थियो ।

दुर्घटनामा घाइते गाडी चालक कंचनपुर जिल्ला भीमदत्त नगरपालिका वडा नं. ४ का ४० वर्षीय पूर्णबहादुर चन्दको बुटवलमा उपचार भइहेको प्रहरीले जनाएको छ । तीव्र गतिमा रहेको गाडी ब्रेक फेल भइ दुर्घटना भएको हुनसक्ने गाडीमा सवार यात्रुहरूको भनाइ रहेको प्रहरी उपरीक्षक नवरत्न पौडेलले बताए । घटनाबारे अनुसन्धान भइरहेको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.