एकता नै नेपालीको मुख्य पहिचान हो : राष्ट्रपति पौडेल

एकता नै नेपालीको मुख्य पहिचान हो : राष्ट्रपति पौडेल
कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेल। तस्बिर : भीमकुमार बाँस्कोटा
सुन्नुहोस्

फिदिम : राष्ट्रपति रामचन्द्र पौडेलले धार्मिक सहिष्णुता र विविधताभित्र एकताको सन्देश दिन पाँचथर आएको बताएका छन्। पाँचथर बहुमुखी क्याम्पसले आयोजना गरेको बहुधार्मिक आध्यात्मिक मोहोत्सवको उद्घाटन सत्रलाई सम्बोधन गर्दै पौडेलले अनेकताभित्रको एकता नै नेपालीको मख्य पहिचान भएको उल्लेख गरे। 

आपसमा निषेध, घृणा, द्वन्द्व र अविश्वास त्यागेर, सम्मान, एकता, सहिष्णुता र सद्भावको विकास गर्न सकेमात्र राष्ट्र सबल हुने पौडेलको तर्क थियो। पौडेलले पाँचथरलाई किराँतहरूका महागुरु फाल्गुनन्दको तपोभूमी एवं वैदिक दर्शनका ज्ञाता स्वामी प्रपन्नाचार्यको भूमिको रूपमा स्मरण गरे। 

सम्बोधको क्रममा उनले लोकतन्त्रका लागि जीवन समर्पण गरेका भूविक्रम नेम्बाङ, कृष्णविक्रम नेम्बाङ, पूर्णकुमार शेर्मा, देवान दोर्जे थिङ, प्रेमराज आङ्देम्बे, मचिन्द्र केरुङ, ऐनसिंह राई, कालिदाश श्रेष्ठ, तेजप्रकाश रिजाललागायतलाई स्मरण गरे। पौडेलले क्याम्पसको स्थापनामा योगदान गर्ने पूर्वमन्त्री पद्मसुन्दर लावतीलाई समेत स्मरण गरेका थिए। 

‘हाम्रो देश पूर्वीय ज्ञान परम्पराको स्रोत हो। यो ज्ञान, परम्परा र सभ्यताभित्र मुख्यतः किराँत सभ्यता, सनातन वैदिक सभ्यता र बौद्ध सभ्यताको एकता र ऐक्यबद्धता देख्न सकिन्छ,’ उनले भने ‘हामी वेद, मुन्धुम र त्रिपिटकले दिएको अनमोल ज्ञानको ज्योतिले प्रदिप्तछ छौं।’ 
 
‘वेद हामी सबैको हो। मुन्धुम हामी सबैको हो। त्रिपिटक हामी सबैको हो,’ पौडेलले भने ‘हामी अनेक जात, संस्कृति, सम्प्रदायमा छौं। ती सबैको एकता, समभाव र सहअस्तित्वनै हाम्रो मुख्य परिचय हो। हामी सबै छौं, त्यसैले सप्तरंगी छौं, बगैँचाजस्तो।’
 
क्याम्पस सञ्चालक समतिका अध्यक्ष तथा महोत्सव मूल समारोह समितिका अध्यक्ष दीपक प्रकाश बाँस्कोटाको अध्यक्षतामा महोत्सवको उद्घाटन भएको हो। सात दिनसम्म सञ्चालन हुने महोत्सवमा हिन्दू, किँरात र बौद्ध धर्मका गुरुहरुले एउटै मञ्चबाट प्रबचन दिने तयारी छ। 

क्याम्पसको दिगो शैक्षिक उन्नतीका लागि अक्षयकोष स्थापना गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो। महोत्सवबाट पाँच करोड आर्थिक संकलन गर्ने क्यापसले लक्ष्य राखेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.