राष्ट्रपतिद्वारा पाँचथर बहुधार्मिक आध्यात्मिक माहोत्सवको उद्घाटन

राष्ट्रपतिद्वारा पाँचथर बहुधार्मिक आध्यात्मिक माहोत्सवको उद्घाटन
सुन्नुहोस्

फिदिम : राष्ट्रपति रामचन्द्र पौडेलले पाँचथर बहुधार्मिक आध्यात्मिक महोत्सवको उद्घाटन गरेका छन्। पाँचथर बहुमुखी क्याम्पसले आयोजना गरेको श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान तथा पाँचथर बहुधार्मिक आध्यात्मिक महोत्सवको उद्घाटन गरेका हुन्। 

उद्घाटन कार्यक्रमलाई संक्षित सम्बोधन गर्दै पौडेलले सबै धर्म र संस्कृतिले गर्दा नेपाल पूर्ण भएको उल्लेख गरे। क्याम्पस सञ्चालक समतिका अध्यक्ष तथा महोत्सव मूल समारोह समितिका अध्यक्ष दीपक प्रकाश बाँस्कोटाको अध्यक्षतामा महोत्सवको उद्घाटन भएको हो।

सात दिनसम्म सञ्चालन हुने महोत्सवमा हिन्दु, किँरात र बौद्ध धर्मका गुरुहरूले एउटै मञ्चबाट प्रवचन दिने तयारी गरिएको छ। क्याम्पसको दिगो शैक्षिक उन्नतीका लागि अक्षयकोष स्थापना गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो। महोत्सवबाट पाँच करोड आर्थिक संकलन गर्ने क्यापसले लक्ष्य राखेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.