शतक प्रहार गरेका अनिल भन्छन्- अट्याकिङ खेलेको होइन, रियाक्ट गरेको हो

शतक प्रहार गरेका अनिल भन्छन्- अट्याकिङ खेलेको होइन, रियाक्ट गरेको हो

काठमाडौं : क्यानडाविरुद्ध शतक प्रहार गरेपछि अनिल साहको चर्चा झनै चुलिएको छ। शनिबार क्यानडाविरुद्ध कीर्तिमानी अर्धशतक प्रहार गरेपछि अनिलले राष्ट्रिय टोलीमा उत्कृष्ट पुनरागमन गरेका थिए। दोस्रो खेलमै उनले शतक प्रहार गर्दै आफूलाई अब्बल ब्याटरको रूपमा छाप छोडेका छन्।

टियु क्रिकेट मैदानमा सोमबार उत्कृष्ट सुरुवात गरेका अनिलले मध्यक्रममा सम्हालिएर खेलेका थिए। उत्कृष्ट फिनिसिङ गर्दै अनिलले शतक प्रहार गरे। १२४ बल खेलेका अनिलले १२ चौका र २ छक्काको मद्दतमा ११२ रनमा अविजित रहे। 

यहाँसम्म आइपुग्न धेरै 'हार्ड वर्क' गरेको आयोजित पत्रकार सम्मेलनमा अनिलले बताए। राष्ट्रिय टोलीमा यसअघि दुई खेल खेलेको उनले स्मरण गरे। तर टिममा नपर्दा आफूले गरेको मेहनत भनिसाध्य नभएको उनले बताए। 'राष्ट्रिय टोलीमा छिटो आए कि ढिलो थाहा भएन। तर पाँच वर्षका दौरानमा मैले दुई खेलमात्र खेले। यसबीचमा मैले धेरै हार्ड वर्क गरे। नेटमा धेरै अभ्यास गरे। त्यही मेहनतले आज खेल्न सजिलो भएको छ,' उनले भने।

उनले मैदानमा उत्रिसकेपछि टिमलाई जिताउनु नै ठूलो जिम्मेवारी हुनेगरेको बताए। उनले शतक प्रहार गर्न पाएकोमा खुसी व्यक्त गरे। 'खुसी छु। टिमको लागि जति धेरै रन बनाउन सक्यो, त्यति राम्रो हो नि। अरु खेल पनि बाँकी छन्। हेर्दै जाउँ कस्तो हुन्छ,' उनले भने।

'मैले अट्याकिङ खेलेको होइन, रियाक्ट गरेको हो। दिमागलाई शून्यमा राखेर सर्ट हेरेर रियाक्ट गरेको हुँ- अनिल साह। 

अनिलको पारीलाई सबैले अट्याकिङ भनेर ब्यख्या गरे। पहिलो खेलमा पनि कप्तान रोहित पौडेलले 'टी-२० खेलिरहनुभाथ्यो कि क्या हो दाइ' भनेर जिस्काएका थिए। अनिलले जता हाने पनि बाउन्ड्री जान थालेपछि त्यसरी खेलेको बताएका  थिए।

अनिलले आफूले अट्याकिङ नखेलेको प्रष्ट पारेका थिए। आफूले जोडले नभई प्लेसमेन्ट हेरेरमात्रै हान्ने गरेको उनको प्रतिक्रिया थियो। 'मैले अट्याकिङ खेलेको होइन, रियाक्ट गरेको हो। दिमागलाई शून्यमा राखेर सर्ट हेरेर रियाक्ट गरेको हुँ,' उनले भने। 

उनले टिमको रणनीति पनि 'वान बल ब्याटल' रहेको भन्दै जोसुकै बलर आए पनि दिमागलाई एक ठाउँमा राखेर हान्नेगरेको बताए। उनले रन बन्दा र नबन्दा दिमागलाई कसरी सन्तुलित राख्ने विषय आफ्नो लागि मुख्य कुरा भएको बताए। 'अहिले रन बनिरहेको छ। पछि रन नबन्न पनि सक्छ। बन्दा कसरी र नबन्दा कसरी दिमागलाई ठीक ठाउँमा राख्ने भन्ने पनि मुख्य कुरा छ मेरो लागि,' उनले भने।

उनले शतक बनाउँदा भीम सार्कीले ठूलो सहयोग गरेको बताए। 'शतक बनाउन भीमले पनि धेरै सहयोग गरे। उनले लामो इनिङ खेल्नुपर्छ भन्थे। हामी दुवै फोकस भएर खेल्यौं। अनि नतिजा पनि हाम्रो पक्षमा आयो,' उनले भने। 

तेस्रो नम्बरमा आएर शतक प्रहार गरेका भीमले आफ्नो लागि अवसर भएको बताए। खेलाडीलाई हरेक म्याच महत्वपूर्ण हुनेगरेको उनको भनाइ छ। उनले सबै खेलाडी नहुँदासमेत जितिरहेको भन्दै नेपालको खेल एकदमै राम्रो बताएको बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.