संघीयता विरोधीको चलखेल बन्द गर्न ऐन कानुन छिटो बनाउनुपर्छ : शिक्षामन्त्री

संघीयता विरोधीको चलखेल बन्द गर्न ऐन कानुन छिटो बनाउनुपर्छ : शिक्षामन्त्री

काठमाडौं : शिक्षामन्त्री अशोक कुमार राईले संघीयता विरोधीको चलखेल बन्द गर्न सबैखाले ऐन कानुन छिटो बनाउनुपर्ने बताएका छन्।  

शनिबार उदयपुरको त्रियुगा नगरपालिका-४ बगाहास्थित प्रस्तावित मेडिकल कलेजको जग्गा अवलोकन गर्ने क्रममा मन्त्री राईले संघीय संरचनाले राम्रोसँग काम गर्न नपाउँदा विरोधका स्वरहरु सुनिन थालेको भन्दै विरोधीको चलखेल बन्द गर्न सबैखाले ऐन कानुन छिटो बनाउनुपर्ने बताएका हुन्। 

मन्त्री राईले नेपालको संघीय मोडल पृथक किसिमको भएको भन्दै यसलाई सफल बनाउनुपर्ने धारणा राखेका छन्। उनले सातै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज स्थापना गर्ने गरी प्रक्रिया अघि बढाउनका लागि उदयपुरको प्रस्तावित मेडिकल कलेजले निर्माणको प्रक्रिया सुरु गर्न गर्नुपर्ने धारणा राखे। 

अन्य ठाउँका मेडिकल कलेज स्थापनाका लागि लगभग सबै प्रकृया पूरा भएको भएपनि उदयपुरको जग्गा प्राप्तिको काम सम्पन्न नभएकाले प्रक्रिया अघि बढाउन ढिला भएको उनको भनाइ छ। 

उदयपुर मेडिकल कलेज स्थापनाका लागि त्रियुगा नगरपालिकाले ६२ रोपनी ऐलानी प्रति जग्गा संरक्षण गरेर राखेको नगर प्रमुख वसन्त बस्नेतले बताए।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.