फागुन ३ देखि  फेवातालको किनारमा लिटरेचर फेस्टिभल

फागुन ३ देखि  फेवातालको किनारमा लिटरेचर फेस्टिभल
फाइल तस्बिर।

पोखरा : ११औं  संस्करणको नेपाल लिटरेचर फेस्टिभल फागुन ३ गतेदेखि ७ गतेसम्म फेवाताल किनार बाराहीघाटमा हुने भएको छ। 

सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभलमा देश विदेशका गरी दुई सयभन्दा बढी साहित्यकार, राजनीतिज्ञ, लेखक, कलाकार, पत्रकारलगायतको उपस्थिति रहने पोखरामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्था बुकवर्म फाउन्डेसनले जनाएको छ।

फेस्टिभलमा ५५ भन्दा बढी सेसन, सांगीतिक साँझलगायत नयाँ कार्यक्रम पनि समावेश गरिने भएको छ। फेस्टिभलमा वात्स्यायन एन्ड बाब्र्स भोल्युम टु पुस्तक विमोचन एवं कार्टुन प्रदर्शनी हुने छ। यस्तै फेस्टिभलमा गोर्खा वुमनः एन इको इन द स्टोरी प्रदर्शनी गरिने आयोजकले जनाएको छ। 

यस वर्ष फेस्टिभलमा विश्वप्रसिद्ध पुस्तक ‘अमेरिकन प्रोमिथियसः द ट्रायम्फ एन्ड ट्र्याजिडी अफ जे रबर्ट ओपनहाइमर’का सहलेखक काई बर्डको सहभागिता रहने नेपाल लिटरेचर फेस्टिभलका निर्देशक नीरज भारीले जानकारी दिए। 

यस पुस्तकले विश्वप्रसिद्ध ‘पुलिट्जर प्राइज’समेत जितेको थियो। उनको यस पुस्तकमा आधारित ओपनहाइमर चलचित्र बनेको छ। क्रिस्टोफर नोलनले निर्देशन गरेका यो चलचित्र सन् २०२३ को बक्स अफिसमा ब्लकबस्टर बनेको थियो। ९६औं ओस्कर अवार्डमा यो फिल्म १३ विधामा मनोनीत भएको छ। 

प्रसिद्ध भारतीय लेखिका ज्यानिस प्यारियट पनि फेस्टिभलमा आउने बताइएको छ। उनको पुस्तक ‘एभ्रिथिङ द लाइट टचेज’का बारेमा उनले फेस्टिभलमा चर्चा हुने छ। उनको यस पुस्तकले सन् २०२३ मा उत्कृष्ट आख्यानका लागि ‘सुशीलादेवी अवार्ड’ पाएको थियो। 

विश्वप्रसिद्ध समालोचक एवं उपन्यासकार चन्द्रहास चौधरी पनि फेस्टिभलमा आउने छन्। उनले ‘क्लाउड्स र अर्जी द ड्वार्फ’ पुस्तक लेखेका छन्। उनको उक्त पुस्तक ‘कमनवेल्थ फस्ट बुक प्राइज’ का लागि सर्टलिस्टसमेत भएको थियो।

यस वर्षको फेस्टिभलमा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको विद्वत्प्रवचन रहने आयोजकले जनाएको छ।  यस्तै पत्रकार विजय कुमार, सांसद एवं अर्थशास्त्री डा. स्वर्णिम वाग्ले, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, सांसद सुमना श्रेष्ठ, पूर्वमिसनेपाल शृंखला खतिवडालगायतको सहभागिता रहनेछ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.