गोबरमा कलाकारिता

गोबरमा कलाकारिता
सुन्नुहोस्

जनकपुरधाम : रंगीचंगी आकर्षक रंगहरूले सजिएका र मिथिला चित्रकला कोरिएका थरीथरीका घर सजाउने सरसामानहरूले जनकपुरधाम साहित्य–कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा आउने जोकोही दर्शकलाई आकर्षित गर्छ। 

हुन त महोत्सवमा मिथिला चित्रकला, पुस्तक प्रदर्शनी, मिथिलाको विविधता झल्काउने थुप्रै अन्य स्टलहरू सजाइएका छन् तर, ४७ वर्षीय अमरेन्द्रकुमार ठाकुरको स्टल अलि फरक छ। विशेषगरी महोत्सव हेर्न आउने महिलालाई त घर सजाउने सुन्दर कलाकारिताका सामानहरूले नै बढी लोभ्याउने 
गरेको छ। 

ठाकुरको स्टललाई टाढाबाट हेर्दा कागज, काठ वा माटोको कलाकारितामा मिथिला चित्रकला कोरिएको अनुमान गरिए पनि यी सबैभन्दा फरक गाईको गोबरलाई प्रयोग गरिएको कलाकारिता हो। गाईको गोबरलाई सुकाएर बनाइने गुइँठालाई विभिन्न कलात्मक आकार दिएर बनाइएका सरसामानहरू जति नै लोभलाग्दा छन् त्यत्ति नै यी सामग्रीहरू वातावरणमैत्री पनि छन्। 

महोत्तरीको पिपरा गाउँपालिका—७ घर भएका ठाकुर अहिले जनकपुरमै बसेर आफ्नो कलाको प्रचारका लागि प्रयत्नरत छन्। उनले आफ्ना उत्पादनहरू गाउँमै बनाउने गरे पनि त्यसलाई प्रवद्र्धनका लागि जनकपुर ल्याउने गर्छन्। सामान्यतया गाईबस्तुको गोबर मलको रूपमा प्रयोग हुने वा गुइँठा बनाएर दाउराको रूपमा इन्धन बनाई उपयोगमा ल्याउने गरिए पनि ठाकुरले गोबरलाई घरका विभिन्न सजावटको सामग्रीका रूपमा प्रयोग गर्ने प्रयास थालेका छन्। 

सानै उमेरदेखि मिथिला चित्रकला गर्न रुचाउने ठाकुरलाई आफ्नो गाउँघरमै पाउने सरसामानहरूलाई कसरी उपभोग गरेर नयाँ आविष्कार गर्न सकिन्छ भन्ने सोच थियो। तर, उनको यो सोचलाई साकार गर्ने मौका कोरोना महामारीले  दुई वर्षका लागि भएको लकडाउनको बेलामा आयो। 

‘लकडाउनका बेला केही काम थिएन। प्रायजसो मोबाइल फोन चलाउने गर्थे तर, फोनमा मैले घरआँगनमा पाउने सामानहरूको प्रयोग कसरी गर्न सकिन्छ भन्ने बारे खोजी गरिरहन्थें। त्यसै क्रममा मैले गोबरलाई सुकाएर बनाइने गुइँठाबाट कसरी कलात्मक आकृति बनाउन सकिन्छ भन्ने भिडियोहरू देखें,’ ठाकुरले अन्नपूर्णकर्मीसँग आफ्नो अनुभव साट्दै भने, ‘मैले पहिला पनि घरमै पाउने सामानहरूबाट सजावटका सामग्रीहरू, गिफ्टका सामानहरू बनाउने गर्थें र मिथिला चित्रकला पनि बनाउँथे तर, गोबरबाट कलाकारिता गर्न सकिन्छ भन्ने थाहा पाएपछि त्यसको प्रयास गर्न थाले र विस्तारै सफल पनि भएँ। मेरो आफ्नै घरमा तीन वटा गाई छन् अनि गोबर पनि पर्याप्त हुन्छ त्यसैले मैले ती बेकारको सामानलाई प्रयोगमा ल्याउन थालें।’ 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.