भारत भ्रमणमा रहेको संसदीय प्रतिनिधिमण्डल र भारतीय विदेशमन्त्रीबीच भेटवार्ता
काठमाडौं : भारत भ्रमणमा रहेको नेपाली सांसदहरूको प्रतिनिधिमण्डलले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेको छ।
भारत भ्रमणमा रहेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादवको नेतृत्वमा रहेको सो प्रतिनिधिमण्डलले विदेशमन्त्री जयशंकरसँग भेटवार्ता गरेको हो।
भेटमा दुई देशको सम्बन्ध, पारस्परिक सहयोग र हितका विविध विषयमा महत्वपूर्ण कुराकानी भएको विदेशमन्त्री एस जयशंकरले सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन्।
भारतको लोकसभाको निमन्त्रणामा सभापति यादव नेतृत्वको सो संसदीय प्रतिनिधिमण्डल यही माघ १६ गते भारतको राजधानी नयाँ दिल्ली पुगेको थियो।