बिरामी परेका दुई विदेशी नागरिकको चुमभ्यालीबाट उद्दार
गोरखा : गोरखाको चुमभ्यालीबाट दुईजना विदेशी नागरिकको उद्दार गरिएको छ । छेकम्पार हेल्थपोस्ट निर्माण गर्न सहयोग गरिरहेका जर्मनी नागरिक हेनरिक गुन्टर हफमेन दम्पति हिमपातका कारण बिरामी भएपछि शुक्रबार बिहान उद्दार गरेर काठमाडौं ल्याइएको समन्वयकर्ता किमोलुङ फाउण्डेशन नेपालका अध्यक्ष वाङचुक राप्तेन लामाले जानकारी दिए ।
अहिले उनीहरुको स्वाकोन इन्टरनेशनल बत्तिसपुतली अस्पतालमा उपचार भइरहेको छ । दुई दिनदेखि लगातारको हिमपातपछि स्वासप्रश्वासमा समस्या देखिएको,अक्सिजन लेभल अति न्यून भएपछि हेलिकोप्टरबाट उद्धार गरिएको लामाले जानकारी दिए ।
छेकम्पार हेल्थपोस्ट र बर्थिङ सेन्टर निर्माण गरी त्यहाँ आवश्यक औषधि तथा उपकरणहरु पनि सहयोग गरेका थिए । हालसालै निर्माण सम्पन्न भएको स्वास्थ्य चौकीको निरीक्षण गर्न जाँदा बिरामी भएपछि उद्दार गरिएको लामाले बताए ।