अख्तियारको उजुरी पर्नेमा स्याङ्जा प्रदेशकै तेस्रो

अख्तियारको उजुरी पर्नेमा स्याङ्जा प्रदेशकै तेस्रो

स्याङ्जा : अख्तियार दुरुपयोग गरेको आरोपमा गण्डकी प्रदेशमा स्याङ्जा जिल्ला तेस्रो स्थानमा देखिएको छ। भ्रष्टाचारजन्य कसूर गरेको उल्लेख गर्दै स्याङ्जाका १ सय ५ वटा उजुरी परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराले जनाएको छ।

अख्तियार कार्यालय पोखराको आयोजना तथा पुतलीबजार नगरपालिकाको समन्वयमा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रबद्र्धनसम्बन्धी कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै कार्यालय प्रमुख अस्मान तामाङले संघ, प्रदेश र पालिका गरी गतवर्ष ४८ र चालु आर्थिक वर्षमा ५७ गरी १०५ वटा उजुरी परेको बताए। उजुरी परेका मध्ये ५४ वटा फछ्र्योट भई ५१ वटा बाँकी रहेको उनको भनाइ छ।

यसैगरी, स्याङ्जाका ११ स्थानीय तहका गतवर्ष ३५ र चालुवर्ष ४३ गरी ७८ वटा उजुरी थिए। तीमध्ये ४० वटा फस्र्योट भई ३८ बाँकी रहेको उनले बताए। 

यहाँका स्थानीय तहमध्ये सबैभन्दा बढी पुतलीबजारका उजुरी परेका छन् । पुतलीबजारका १७ उजुरी छन्। गतवर्षको ३ र चालुवर्षमा १४ उजुरी परेका हुन्। तीमध्ये ११ फस्र्योट भई ५ प्रक्रियामा रहेका छन्।  यसैगरी, चापाकोट नगपालिकाको ८, वालिङ र गल्याङ नगरपालिकाको ७÷७, आँधीखोला र कालीगण्डकी गाउपालिकाको ६÷६, बिरुवा र हरिनास गाउँपालिकाका ५÷५, भीरकोट नगरपालिकाको २ र फेदीखोला गाउँपालिकाको एउटा उजूरी रहेको बताइएको छ। 

प्रदेशका १० जिल्लामा गत र चालु आर्थिक वर्षमा ६ सय ७१ उजुरी परे । तीमध्ये स्याङ्जाका मात्र ७८ वटा छन्। दश जिल्लाका ३ सय ६९ उजुरी फछ्र्योट हुँदा स्याङ्जाका ४० वटा भए। यसैगरी, स्याङ्जाका ३८ उजुरी अनुसन्धानका प्रक्रियामा रहँदा अन्य १० जिल्लाका ३ सय २ बटा बाँकी छन्।

प्रमुख तामाङका अनुसार, ‘गण्डकी प्रदेशअन्र्तगतका जिल्ला मध्ये स्याङ्जा धेरै उजुरी पर्ने जिल्ला मध्ये तेस्रो हो। सबैभन्दा बढी कास्की र दोस्रोमा तनहुँ छ। कास्कीमा ४८३ र तनहुँमा १४५ वटा उजूरी छन्। स्याङ्जाको १०५, पर्वत १०३, बाग्लुङ् ८०, म्याग्दी ७१, गोरखा ६६, लम्जुङ् ३१, मुस्ताङ् १७ र मनाङका ११ वटा उजूरी छन्।’

प्रदेश र जिल्लाका अवस्थाका बारेमा जानकारी गराउँदै प्रमुख तामाङले पाएको जिम्मेवारीलाई दुरुपयोग नगर्न सुझाव दिए। गलत कार्य कहिल्यै सही प्रमाणित हुन नसक्ने जनाउँदै ऐन, नियमको परिधिभित्र रहेर काम गर्नुपर्ने बताए।

कहिलेकाहीँ अनावश्यक दुःख र हैरानी दिनका लागि पनि उजुरी आउने गरेको जनाउँदै प्रमुख तामाङले भने ‘गलत नगर्नुहोस्, कार्यालयले बोलाएको समयभित्र आउनुहोस्, आफनो स्पष्टिकरण दिएर जानुहोस् । भ्रष्टाचार नियन्त्रणका लागि कार्यालयले उपचारात्मक, निरोधात्मक र प्रबद्र्धनात्मक रणनीति अपनाएको छ।’ पुतलीबजार नगरपालिकाका नगरप्रमुख तुलसीराम रेग्मीले नगरपालिकालाई भ्रष्टाचार मुक्त पालिका बनाउने प्रतिबद्धता जनाए। कसैको दबाब र प्रभावमा परेर गलत कार्य नगर्न सहभागी सुझाव दिँदै उनले  आपूmले पनि भ्रष्टाचार नगर्ने र अरूले गरेको पनि सहन नसक्ने बताए। 

जनप्रतिनिधि, कर्मचारी, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सहभागी रहेको सो कार्यक्रममा लेखाका कर्मचारीले सार्वजनिक खरिद ऐन र सुशासन ऐनको पालना गर्दै काम अघि बढाउन सुझाव दिए। 

विगतमा गलत काम भएका भए ती कामलाई सुधार गरी अघि बढ्ने प्रतिबद्धता जनाउँदै नगरप्रमुख रेग्मीले सहभागीलाई पनि नागरिक र सुशासनमैत्री, स्थानीय पालिका बनाउन सहयोग गर्न आग्रह गरे। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलालले स्थानीय कानुन र ऐन बमोजिमका कार्य गरेमा पालिका भ्रष्टाचार मुक्त बन्नेमा जोड दिए। 

पूर्वनगर प्रवक्ता ख्यामनारायण अधिकारीले अख्तियार दुरुपयोगका सम्बन्धमा स्थानीय तहसम्म प्रशिक्षण दिनुपर्ने बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.