डोटीमा युवा मृत भेटिए
डोटी : डोटीमा एक जना युवा मृत अवस्थामा फेला परेका छन्। बडीकेदार गाउँपालिका-२ असुराका २२ वर्षीय राजीव मास्की मगर मृत अवस्थामा फेला परेका हुन्।
राजीव हिजो दिउँसोदेखि हराएका र खोज्दै जाँदा बडीकेदार गाउँपालिका-३ पातलको भीरबाट करिब ७ सय मिटर तल मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सिताराम बिष्टले जानकारी दिएका छन्। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।