लागूऔषधसहित एक युवा पक्राउ

लागूऔषधसहित एक युवा पक्राउ
सुन्नुहोस्

बागलुङ : बागलुङमा प्रहरीले लागूऔषधसहित एक युवालाई पक्राउ गरेको छ। बागलुङको गलकोट नगरपालिका–५ घर भई बागलुङ नगरपालिका–२ टेलिकम चोकमा बस्दै आएका २२ वर्षीय गौतम बस्नेतलाई सोमबार दिउँसो लागूऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

बस्नेतले कोठाबाटै लागूऔषध (डाईजेपाम)को कारोबार गरिरहेका भन्ने गोप्य सूचनाका आधारमा खानतलासी गर्दा ५४ एम्पुल लागूऔषध बरामद गरिएको जिप्रका बागलुङका प्रहरी नायव उपरीक्षक (डीएसपी) मदन केसीले बताए। 

डीएसपी केसीले बस्नेतको कोठामा निलो रंगको टिसर्टमा बेरी राखेको अवस्थामा डायजेपाम इन्जेक्सन आईपी १८ एम्पुल, बुप्रेनोर्फिन इंजेक्शन आईपी १८ एम्पुल र प्रोमेथालिन हाइड्रोक्लोराइड इंजेक्शन आईपी १८ एम्पुल लागूऔषध फेला पारिएको बताए। 

पक्राउ परेका बस्नेतलाई सोमबार बागलुङ जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान गरिरहेको डीएसपी केसीले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.