फिदिम नगरकपको उपाधी पीएफसीलाई

फिदिम नगरकपको उपाधी पीएफसीलाई
सुन्नुहोस्

फिदिम : पाँचौ फिदिम नगरकप फुटबल प्रतियोगिताको उपाधी पाँचथर फुटबल क्लब (पीएफसी) ले कब्जा गरेको छ। फिदिम नगरपालिका ७ रानिटास्थित बराजु रंगशालामा सम्पन्न फाइनल खेलमा झापाको शनिश्चरे फुटबल क्लबलाई १–० गोलले पराजित गर्दै पीएफसीले उपाधि कब्जा गरेको हो। पाँच महिनाअघि गठित पीएफसीका लागि यो पहिलो उपाधि हो।

उपाधी जितेसँगै पीएफसीले एक लाख ८० हजार नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो। उपविजेतामा सिमित बनेको झापाले ९२ हजार नगद पुरस्कारसहित ट्रफी मेडल र प्रमाणपत्रमा चित्त बुझायो।  

दोस्रो हाफको १६ औँ मिनेटमा पीएसीका पारस कार्कीले गरेको गोल नै उपाधी रक्षाका लागि निर्णायक बन्यो। फाइनल खेलको म्यान अफ दी म्याच पीएफसीका गोलकर्ता पारस कार्की घोषित भए। 

खेल अवधिभर पाँच गोल गरेका झापाका प्रदिप बुढाथोकी सार्वाधिक गोलकर्ताको रुपमा पुरस्कृत बने। पीएफसीका जमिन लक्सम उत्कृष्ठ खेलाडी घोषित भए। 
प्रतियोगिताका बिजेता टिमलाई कार्यक्रमका प्रमुख अतिथि फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्लेले पुरस्कार प्रदान गरे। स्वतन्त्र क्लब रानिटारको आयोजनामा प्रतियोगिता सम्पन्न भएको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.