परियोजनाको ड्याम निर्माण स्थलसम्म जाने सडक निर्माणका लागि सम्झौता

परियोजनाको ड्याम निर्माण स्थलसम्म जाने सडक निर्माणका लागि सम्झौता
सुन्नुहोस्

डोटी : ४५० मेगावाटको सेतीनदी ६ (एसआर सिक्स) परियोजनाको ड्याम निर्माण स्थलसम्म जाने पहुँचमार्ग निर्माणका लागि सुदूरपश्चिम प्रदेश सरकार र बोगटान फुड्सिल गाउँपालिका बीच सम्झौता भएको छ।

प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवा आफैं गाउँपालिकामा पुगेर मन्त्रीको उपस्थितिमा सम्झौता भएको हो। यसलाई ऐतिहासिक सम्झौता भनिएको छ। 

पश्चिम सेती र सेती ६ परियोजनाको सम्भाव्यता अध्ययनका लागि भारतीय कम्पनी एनएचपीसीसँग लगानी बोर्डको सम्झौता भएअनुसार सो कम्पनीले सेती ६ परियोजनाको अध्ययन क्षेत्रसम्म सडक मार्ग नभएकाले कठिनाइ भइरहेको गुनासो लगानी बोर्डसँग गरेपछि सो क्षेत्रमा जाने खत्याडी–मोरासैन सडक निर्माणका लागि प्रदेश र स्थानीय सरकारबीच सम्झौता भएको भौतिक पूर्वाधार विकास मन्त्री देउवाले बताए।

आइतबार अर्थ विकास तथा प्राकृतिक स्रोत समिति सभापति मानबहादुर रावल, प्रदेश सभा सदस्य शिव सिं ओलीसहित मन्त्रालयको टोली लिएर मन्त्री देउवा बोगटान फुड्सिल गाउँपालिका पुगेका थिए। मन्त्री देउवाले सडक निर्माण हुने क्षेत्रको अनुगमन समेत गरेका थिए।

सेती नदी ६ परियोजना डोटीको समृद्धि र विकासका लागि कोसेढुंगा सावित हुने भएकाले प्रदेश सरकार जुनसुकै भूमिका निर्वाह गर्न तयार रहेको उनले बताए। सोही क्षेत्रबाट निर्वाचित प्रदेश सभा सदस्य शिव सिं ओलीले प्रदेश सरकार र स्थानीय सरकारबीच यसरी सम्झौता गरिएको पहिलो योजना रहेको बताउँदै सेती ६ परियोजना अध्ययनमा सबैले भूमिका खेल्नुपर्ने बताए। उनले बोगटान सडकको अधुरो काम र विभिन्न खोलाहरूमा रहेका पुल निर्माणका लागि प्रदेश सरकारसँग माग समेत राखेका छन्।

सम्झौता पत्रमा सो सडक निर्माणका लागि वातावरणीय प्रभाव अध्ययन सम्बन्धिका सम्पूर्ण कार्य लगायतका अन्य केही समस्या आए पालिकाले समाधान गर्नुपर्ने र सडक निर्माणका लागि आवश्यक पर्ने बजेट प्रदेश सरकारले व्यहोर्ने उल्लेख छ। 

गाउँपालिका अध्यक्ष कमलबहादुर गडसिलाले सो सडकको डीपीआर पालिकाले तयार गरिसकेको जानकारी दिँदै यसै आर्थिक वर्षभित्र वातावरणीय प्रभाव अध्ययन सम्पन्न गरिसक्ने जानकारी दिए। १५ किलोमिटर लम्बाइ रहेको सो सडक नहुँदा हाल अध्ययनका लागि आएको भारतीय कम्पनी एनएचपीसीका प्राविधिकहरू घण्टौ पैदल हिँडेर काम गरिरहेका छन्।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.