महिला भलिबलको उपाधि नव मालिकालाई

महिला भलिबलको उपाधि नव मालिकालाई
सुन्नुहोस्

बागलुङ : सातौं बागलुङ महोत्सवमा आयोजित गण्डकी प्रदेश खुला महिला भलिबल प्रतियोगिताको उपाधि नव मालिका युवा क्लबले जितेको छ। शनिबार भएको फाइनल खेलमा नव मालिकाले निर्माण व्यवसायी संघ बागलुङलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि चुमेको हो। 

नव मालिकाले पहिलो सेट २५–१७ र दोस्रो सेट २५–१८ ले जित्दा तेस्रो सेट १२–२५ ले गुमाएको थियो। चौथो सेट २५–११ ले जित्दै नव मालिकाले उपाधि जितेको हो। 

शनिबार नै भएको तेस्रो स्थानको खेलमा नेपाल सुनचाँदी व्यवसायी संघ विजयी भएको छ। नेपाल सुनचाँदी व्यवसायी संघले प्रेम दाईको रेष्टुरेण्ट तंग्राम भलिबललाई ३–० को सोझो सेटमा पराजित गर्दै तेस्रो भएको हो। 

प्रथम भएको नव मालिका युवा क्लबले ५१ हजार १ सय ११ रुपैयाँ, द्वितीय भएको निर्माण व्यवसायी संघ बागलुङले ३१ हजार १ सय ११ रुपैयाँ र तृतीय भएको नेपाल सुनचाँदी व्यवसायी संघ बागलुङले २१ हजार १ सय ११ रुपैयाँ प्राप्त  गर्नेछन्। 

विजेता टिमहरूलाई महोत्सवको अन्तिम दिन पौष २२ गते पुरस्कार वितरण गरिने आयोजक बागलुङ उद्योग वाणिज्य संघ बागलुङले जनाएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.