प्रधानमन्त्री फेर्ने कोसिस भइरहेको छ : शेखर कोइराला

प्रधानमन्त्री फेर्ने कोसिस भइरहेको छ : शेखर कोइराला

फिदिम : नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री फेर्ने कोसिस भइरहेको बताएका छन्। पाँचथरको फिदिमा आयोजित पत्रकार सम्मेलनमा उनले अहिलेको सरकारले देशलाई निकास दिन नसकेकाले प्रधानमन्त्री परिवर्तन गर्न कोसिस भइरहेको प्रस्ट पारे।

उनले वर्तमान सरकारले देशलाई बर्बाद बनाएको आरोप लगाए। देशलाई बचाउन सरकार परिवर्तन गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ। ‘संसदीय व्यवस्थामा गणितको खेल हुन्छ। राम्रो सरकार निर्माणका लागि हामी पहल गरिरहेका छौं,'  उनले भने।

नेता कोइरालाले ठूलो भ्रष्टाचारका काण्डमा ठूला नेताहरू मुछिएको बताए। ‘सुन काण्डमा ठूला नेता मुछिएपछि सामसुम भयो। एनसेल खरिद-बिक्री काण्डमा पनि त्यस्तै भएको छ,' उनले भने।

 
भ्रष्टाचारका काण्डमा माथिल्लो निकायका नेताहरूको नाम मुछिएपछि ढाकाछोप हुने गरेको कोइरालाको भनाइ थियो। नेपालमा राजनीतिक नेता, व्यापारी र कर्मचारीहरू मिलेर ठूल्ठूला भ्रष्टाचार गरेको कोइरालाले उल्लेख गरे। 

देशको अर्थतन्त्र डामाडोल भएको उल्लेख गर्दै उनले बैंकहरू पनि मिटरव्याजी भएको उल्लेख गरे। उद्योगी र बैंकर्ष एउटै व्यक्ति हुन नहुने उनले बताए। ‘नेपालमा उद्योगी र व्यापारीले नै बैंक सञ्चालन गरेका छन्,’ कोइरालाले भने, ‘यसरी एउटै व्यक्ति सबैतिर हुनु ठीक हैन।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.