चिवा पुगेर टुंगियो एमालेको संकल्प यात्रा

संकल्प यात्रा उपलब्धिमुलक भएको ओलीको दाबी

चिवा पुगेर टुंगियो एमालेको संकल्प यात्रा
पाँचथर र सिक्किमको सिमाक्षेत्र चिवा भञ्ज्याङमा संकल्प यात्रा। तस्बिर : भीमकुमार बाँस्कोटा
सुन्नुहोस्

 


फिदिम : बैतडीको झुलाघाटदेखि सुरु भएको नेपाल कम्युनिष्ट पार्टी (एमाले)को समृद्धिका लागि संकल्प यात्रा पाँचथरको चिवाभञ्ज्याङ पुगेर औपचारिक रुपमा टुंगिएको छ । मध्यपहाडी लोकमार्गले छोएका २६ जिल्लाहरुमा विभिन्न कार्यक्रम गर्दै चिवामा पुगेर यात्रा टुंगिएको हो । 

मंसिर १४ गते मध्यपहाडी लोकमार्गको अन्तिम बिन्दु बैतडीको झुलाघाटबाट सुरु भएको यात्रा लोकमार्गको उद्गम बिन्दु चिवामा पुगेर १८ औँ दिनमा टुंगिएको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीले भारतको सिक्किम सिमाना नजिकै चिवा भञ्ज्याङमा झण्डोत्तोलन गरेर यात्राको समापान गरेका हुन् ।null 

समापन कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले संकल्प यात्रा उपलब्धिमुलक भएको बताए । ‘यो यात्राले नेपाललाई चिनाएको छ’ओलीले भने,‘हामीले पनि देश चिन्ने र जनताका पीर मर्का र समस्याहरु चिन्ने मौका पायौँ ।’ 

पाँचथर सदरमुकाम फिदिमबाट हेलिकप्टरबाट ओली चिवाभञ्ज्याङ पुगेका थिए। समापन कार्यक्रमलाई सम्बोधन गरेर उनी हेलिकप्टरबाटै काठमाडौं फर्किएका छन् । 

स्वास्थ्यको कारण देखाउँदै ओलीले च्याङ्थापुको कोण सभालाई सम्बोधन नगरी फर्किएका हुन् । याङवरक गाउँपालिकाको प्रशासकीय भवन पनि ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गरेका थिए । 

पहाडको बसाईसराईलाई रोक्ने र पहाडलाई समृद्ध बनाउने उद्देश्यका साथ एमालेले संकल्प यात्रा गरेको हो । समापन कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यात्रामा सहभागी र सहयोग गर्नेहरुलाई धन्यवाद दिए। null
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.