संवादबाट समस्या समाधान गर्नुपर्छ : ओली

संवादबाट समस्या समाधान गर्नुपर्छ : ओली
पाँचथरको फिदिममा शनिबार आयोजित बृहत् सभालाई सम्वोधन गर्न पुगेका उपस्थितलाई हात उठाएर अभिवादन गर्दै अध्यक्ष ओली।  तस्बिर, सौजन्य : दिनेश भण्डारी।
सुन्नुहोस्

फिदिम : कडा अभिव्यक्ति दिएर चर्चामा आउने नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली पाँचथर सदरमुकाम फिदिममा नरम देखिए। फिदिम माविको खेल मैदानमा आयोजित बृहत् सभालाईसम्बोधन गर्दै उनले आपसी असमझदारीलाईसंवादबाट टुंग्याउनुपर्ने उल्लेख गरे। 

‘नेपाली समाज विभिधतायुक्त छ,’ उनले भने ‘यस्तो समाजमा असमझदारी र बेमेलहरू धेरै हुन्छन्। तर, त्यस्ता असमझदारीलाईविधि, प्रक्रिया र संवादबाट टुंगो लगाउनुपर्छ।’ पहिचान पक्षधरले एमालेको कार्यक्रम असफल पार्न बन्द आह्वान गरेको थियो। धनुकटाको लेगुवामा ओलीमाथि अभद्र व्यवहारसमेत भएको थियो। उक्त घटनालाईलिएर ओलीको कडा अभिव्यक्ति आउने अनुमान भइरहेका बेला फिदिममा ओली नरम देखिएका हुन्। सभालाईसम्बोधन गर्दै ओलीले देशलाईबचाउन एमालेको एकल बहुमतको सरकार आवश्यक भएको उल्लेख गरे। 

‘देशको विकास गर्न एमालेजस्तो राष्ट्रवादी पार्टीले एकल सरकार बनाउनुपर्छ,’ ओलीले भने ‘एकल बहुमत ल्याउन हामीले अर्को चुनाव पर्खिनुपरेको छ।’ ओलीले चुनावको तयारीमा जुट्न कार्यकर्ताहरूलाईनिर्देशन समेत दिए। 

स्थिरताबिना देशमा विकास हुन नसक्ने ओलीको तर्क थियो। अस्थिरताको अन्त्य गर्न देशमा मजबुद शक्तिको आवश्यक भएको भन्दै ओलीले एमाले मात्र देशको मजबुद शक्ति बन्न सक्ने उल्लेख गरे। ‘गठबन्धनले देशलाईनिकास दिन सक्दैन,’ ओलीले भने, ‘देशलाईनिकास लिन एमालेको एकल सरकार हुन जरूरी छ।’

फिदिमको सभामा विपक्षी दलप्रति नरम देखिएका ओलीले ताप्लेजुङको घुन्सा र मध्यपहाडी लकमार्गको उद्गमबिन्दु चिवाभञ्ज्याङलाईआर्थिक नाका बनाउन सकिने उल्लेख गरे। ‘भारतसँग जोडिएको चिवाभञ्ज्याङलाईनाका खोल्न सकिन्छ,’ ओलीले भने, ‘त्यसको लागि एमालेले पहल गर्नेछ।’

नेपाली समाज विविधतायुक्त भएको र यस्तो समाजमा विभिन्न किसिमका मतभेद हुनु स्वभाविक भएको ओलीको तर्क थियो। 

‘हाम्रा धेरै मतभेदहरू छन्,’ ओलीले भने, ‘तर, ति मतभेद र विवादहरूलाईसमाधान गर्ने विधि र प्रक्रिया हुन्छ। बलमिच्याइँले समस्या समाधान हुन सक्दैन।’ एमालेले बैतडीको झूलाघाटदेखि सुरु गरेको ‘समृद्धिका लागि संकल्प यात्रा’ फिदिम आइपुगेको हो। फिदिममा आयोजित बृहत् सभामा ओलीको एकल सम्बोधन थियो। 

सोही क्रममा ओलीले एमाले पाँचथरको पार्टी कार्यालय समेत उद्घाटन गरेका छन्। मंसिर १४ गते बैतडीको झूलाघाटदेखि सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुगेर टुंगिनेछ। 

सभामा पाँचथरसहित ताप्लेजुङ, इलाम र झापाका एमाले नेता कार्यकर्ताहरू सहभागि थिए। बृहत् सभामा १२ हजार मानिस सहभागि भएको एमालेको दाबी छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.