एमालेको कार्यक्रमबाट फर्कने क्रममा गाडीबाट झरेर एक युवकको मृत्यु

एमालेको कार्यक्रमबाट फर्कने क्रममा गाडीबाट झरेर एक युवकको मृत्यु
सांकेतिक तस्बिर।
सुन्नुहोस्

फिदिम :  नेपाल कम्युनिष्ट पार्टी (एमाले) को फिदिममा आयोजिन बृहत सभामा सहभागी भएर फर्कने क्रममा गाडीबाट झरेर एक कार्यकर्ताको निधन भएको छ। 

एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेको कार्यक्रममा सहभागी भएर फर्कने क्रममा  हिलिहाङ ५ सुभाङका ४८ वर्षीय प्रेम संग्रौलाको मृत्यु भएको प्रहरीले जनाएको छ। 

फिदिममा सम्पन्न बृहद आम सभा सकेर टिपरको डालोमा बसी घर फर्किंदै गर्दा झरेर फिदिम ४ जोरसाल बजार नजिकै मध्य पहाडी राजमार्गमा उनको मृत्यु भएको प्रहरी निरिक्षक दिवस कुँवरले जानकारी दिए। 

उनको शनिबार सॉझ गाडीबाट झर्दा घट्नास्थलमै मृत्यू भएको हो। एमालेले सुरु गरेको झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा अन्तर्गत ओलीले शनिबार पॉचथरको फिदिममा सम्बोधन गरेका थिए। एमालेले उक्त अभियानको आज चिवाभज्याङ पुगेर औपचारिक समापन गर्दैछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.