काठमाडौंले पोखरालाई २-१ गोलले हरायो
काठमाडौं : नेपाल सुपर लिग (एनएसएल)मा काठमाडौं विजयी भएको छ। दशरथ रंगशालामा सोमबार भएको खेलमा काठमाडौंले पोखरालाई २-१ गोलले पराजित गरेको हो।
पहिलो गोल गर्दै पोखराले अग्रता लिए पनि अन्तिम समयमा काठमाडौंले लगातार दुई गोल गर्दै उत्कृष्ट पुनरागमन गरेको हो।
पोखराका लागि आयुश घलानले ५७औं मिनेटमा गोल गरेका थिए। खेलको ८२औं मिनेटमा काठमाडौं जुनियर एनकेन्गुईले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। ९० मिनेटमा सोख्रुकले गोल गर्दै काठमाडौंलाई विजयी बनाएका थिए।
प्रतियोगितामा काठमाडौंको यो दोस्रो जित हो। काठमाडौं ८ अंकसहित लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको छ भने पोखरा चौथो स्थानमा झरेको छ।