इपिएस २०२४ का लागि छुट्टाइएको कोटा २०२३ मा खोलिदिएपछि विरोध प्रदर्शन

इपिएस २०२४ का लागि छुट्टाइएको कोटा २०२३ मा खोलिदिएपछि विरोध प्रदर्शन
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

काठमाडौं : इपिएस नेपालको २०२४ को लागि छुट्टाइएको कोटा २०२३ मा नै खोलिएको भन्दै युवाहरुले विरोध प्रदर्शन गरेका छन् । २०२४ सुरु हुन २० दिन बाँकी रहेको अवस्थामा २०२४ को लागि छुट्टाइएको कोटा २०२३ मा नै खोलिएको भन्दै उनीहरुले ललितपुरको ग्वार्कोस्थीत इपिएस कार्यालय अगाडी विरोध प्रदर्शन गरेका हुन् ।

इपिएस परीक्षा दिएर बसेका युवाहरुले सीप बिल्डिङ परीक्षामा असफल विद्यार्थीहरुले म्यानुफ्याक्चरको परीक्षामा सहभागी गराउन समेत माग गरेका छन् ।

बाँकेबाट आएका युवा प्रदीप बुढाथोकीले २०२४ को लागि छुट्टाइएको कोटा २०२३ मा नै खोलेपछि विरोध गर्न बाध्य भएको बताए । उनले आफूहरुको माग सुनुवाई नभएकाले अनसन लगायतका आन्दोलन गर्ने बताए।

प्रदर्शनमा सहभागीहरुले युवाको रोजगारीको सुनिश्चितता गर,इपिएसको मनोमानी बन्द गर लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए । 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.