रास्वपाको संसदीय दलको बैठक बस्दै
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको संसदीय दलको बैठक आज दिउँसो बस्दैछ । बैठक पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा अपरान्ह ४ बजे बस्ने रास्वपाले जनाएको छ।
बैठकमा संसदीय दलको विधान र संसद्को आगामी अविधेशनबारे छलफल हुने जनाइएको छ।