चिलिमे हाइड्रोको लाभांश १५ प्रतिशत
![चिलिमे हाइड्रोको लाभांश १५ प्रतिशत](https://annapurnapost.prixacdn.net/media/albums/hydro-power-57d50e1f63a396.13056266_cK4YGZzVaE_ffq7SfpT7d.jpg)
काठमाडौं : चिलिमे हाइड्रोपावरले १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीले वितरण गर्ने लाभांशमध्ये १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) दुवै गरेर १५ प्रतिशत प्रस्ताव गरेको हो।
कम्पनीको मंसिर २२ गते बसेको सञ्चालक समितिको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। सोही अनुरूप कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्तावसहित आगामी पुस २० गते २७औं वार्षिक साधारणसभा डाकेको छ।
साधारणसभा प्रयोजनार्थ कम्पनीले पुस ८ गते एक दिनका लागि बुक क्लोज गर्ने जानकारी दिएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)