सेयर बजारमा उचारचढाव, नेप्से परिसूचक २९ अंकले घट्यो

सेयर बजारमा उचारचढाव, नेप्से परिसूचक २९ अंकले घट्यो
सुन्नुहोस्

काठमाडौं : सेयर बजारमा उतारचढाव देखिएको छ। साताको पहिलो कारोबार दिन आइतबार तीन पटक सर्किट ब्रेक लागेर बन्द भएको सेयर बजारमा  आज तीव्र उतारचढाव देखिएको हो। आज प्री ओपन सेसनमा नेप्से परिसूचक २५ अंक बढीले बढेको थियो।

११ बजेदेखि नियमित कारोबार सुरू भएदेखि सेयर बजारले लय लिन सकेको छैन। यो समाचार तयार पार्दासम्म (साढे १२ बजेसम्म) नेप्से परिसूचक २९.१९ अंकले घटेर १९३४.७८ विन्दुमा पुगेको छ। यो १.४८ प्रतिशतल हो।

बिहान कारोबार सुरू भएलगत्तै नेप्से ओरालो लागेको हो। अहिलेसम्म २९१ स्क्रिप्टको ८ ३ लाख ९५ हजार ४६० कित्ता सेयर २ अर्ब ७२ करोड १ लाख २ हजार ९०३ रुपैयाँमा खरिदबिक्री भएको छ।

दोहोरो अंकले घटेको सेयर बजारमा बोटलर्स नेपालको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सो कम्पनीको सेयर १० प्रतिशतले बढेको हो। यसैगरी आशा लघुवित्त वित्तीयका लगानीकर्ताले गुमाएका छन्। सो कम्पनीको सेयर ७.८५ प्रतिशतले ओरालो लागेको छ।

कारोबार रकमका आधारमा सोनपुर मिनरल्स शीर्ष स्थानमा  रहेको छ। सो कम्पनीको १० करोड बढी मूल्यको सेयर कारोबार भएको छ। कारोबारमा आएका १३ उपसमूहमध्ये १२ को सूचक घटेका छन् भने एउटाको मात्रै सूचक बढेको हो।

म्युचुल फण्डबाहेक अन्य उपसमूहको सूचक राताम्मे देखिएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.