संसद सचिवालयका महासचिव भरतराज गौतमले दिए राजीनामा
काठमाडौं : संसद सचिवालयका महासचिव भरतराज गौतमले पदबाट राजीनामा दिएका छन्। उनले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा दिएको संघीय संसद सचिवालयले जनाएको छ।
पदावधि बाँकी छदै उनले राजीनामा दिएका हुन्। राजीनामा दिनुको कारण भने खुलेको छैन।