समृद्धिका लागि संकल्प यात्रा : एमालेको नेतृत्व दोलखा हुँदै आज पुष्पलालको जन्मभूमिमा आउने

समृद्धिका लागि संकल्प यात्रा : एमालेको नेतृत्व दोलखा हुँदै आज पुष्पलालको जन्मभूमिमा आउने
रामेछापमा बनाइएको स्वागतद्वार
सुन्नुहोस्

रामेछाप : नेकपा एमालेको झुलाघाटदेखि चिवाभन्ज्याङसम्मको समृद्धिका लागि संकल्प यात्रा आज तीनलालको भूमि रामेछाप आउँदैछ। समृद्धिका लागि संकल्प यात्रा आज काभ्रे धुलिखेलबाट दोलखा हुँदै नेपाल कम्यूनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको जन्मथलो रामेछाप पुग्ने एमालेका महासचिव शंकर पोखरेलले जानकारी दिए। 

यात्राको १२ औं दिन आज अध्यक्ष केपी शर्मा ओलीसहित एमालेका पदाधिकारी र नेताहरुले दोलालघाट, खाडीचौर, खरीढुंगा, चरिकोट, किर्ने लगायतका ठाउँमा स्थानीयसँग भेटघाट र अन्तर्क्रिया गर्नेछन्।  आज चरिकोटमा जनसभाको आयोजना हुनेछ।

उक्त सभालाई सम्बोधन गरेपछि अध्यक्ष ओलीसहितका नेताहरुले रामेछापमा संस्थापक महासचिव पुष्पलालप्रति श्रद्धान्जली व्यक्त गर्ने कार्यतालिका छन्।

आज उक्त टोली साँझ मन्थलीमै बास बस्नेछ। निर्वाचनको समयमा रामेछापमा नआएका एमालेका शीर्ष नेतृत्वले पुष्पलालको जिल्लामा पुगेर अन्तर्क्रिया गर्नेछन्। एमाले रामेछापका सचिव पुरुषोत्तम कडेरियाका अनुसार सोमबार साँझ मन्थलीको तीनलाल पार्कमा सन्देश सभा राखिएको छ। उनका अनुसार आज विभिन्न सांस्कृतिक कार्यक्रमसहित साँझ सभा हुने छ भने मंगलबार बिहान अन्तरक्रिया गरिनेछ।

नेकपा स्थापना भएको यस वर्ष ७५ औं वर्ष पुगेको छ। उक्त अवसरमा पार्टीले आफ्ना संस्थापक नेताको स्मृतिमा निर्माण भएको पुष्पलाल मध्यपहाडी राजमार्गमा १९ दिने समृद्धि यात्रा सुरु गरेको हो।

एमालेले कम्युनिस्ट नेताको नाममा सुरु भएको लोकमार्ग निर्माणमा तीव्रता, तराईलाई गाउँबस्तीसँग जोड्ने, बढ्दो बसाईसराइलाई कम गर्ने, विकासका गतिविधिलाई बढावा दिने र जनतासँग सम्बन्ध स्थापित गर्ने गरी अभियान सुरु गरेको हो।  जनतासँग प्रत्यक्ष जोडिने र संगठन चलायमान बनाउने एमालेको रणनीति छ। ०८४ को निर्वाचनमा एकल बहुमत ल्याउने दाउ रहेको एमाले नेताहरू बताउँछन्। 

बैतडीको झुलाघाटबाट सुरु भएको लोकमार्ग पाँचथरको चिवाभञ्ज्याङमा टुंगिनेछ। यो अभियान विभिन्न जिल्लामा जनतासँग भेटघाट, आमसभा गर्दै पुस २ गते १९औं दिनमा समापन हुँदैछ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.