विद्युतको लापरबाहीले ज्यान गुमाउँदै नागरिक

विद्युतको लापरबाहीले ज्यान गुमाउँदै नागरिक
सुन्नुहोस्

बझाङ : गहुँ खेतमा पानी लगाउन शनिबार बिहान १० बजे नारुगौंडा खोला छिरेका केदारस्युँ गाउँपालिका-१ बिलीका २५ वर्षीय राम कुमार भण्डारी बेलुका ४ बजेसम्म नफर्केपछि परिवारको मनमा चिसो पस्यो। उनी घर नफर्केपछि ४० जना स्थानीय खोजीका लागि नारु गौडा खोलातर्फ लागे। 

दिउँसो ४ बजे खोजीका लागि खटिएका स्थानीयले चौडाम बगरको कान्द्वाल भीरमा राति आठ बजेतिर मृत फेला पारे। उनी भुइँमा लडेको अवस्थामा भेटिएका थिए। उनको टाउकोमा विद्युतको तारले छोएको देखियो। नेपाल विद्युत प्राधिकरणको ११ केभी प्रसारण लाइनमा देखिएको यो तेस्रो घटना हो। यो घटनापछि स्थानीय आक्रोशित भएका छन्। 

गाउँपालिकामा दुई वर्षअघि उजली देवी बोहराको पनि राष्ट्रिय प्रशारण लाइन मै करेन्ट लागेर मृत्यु भएको थियो भने २०७७ साल चैत महिनामा केदारस्युँ गाउँपालिका-१, कापडी गाउँकी १३ वर्षीया बालिका कौशलया भण्डारी पनि करेन्ट लागेर गम्भीर घाइते भएकी थिइन्। 

सोमबार रोजगारीका लागि भारत जाने योजनामा रहेका २५ वर्षीय राम भण्डारीको विद्युत प्राधिकरणले लापरवाही पूर्वक तार छोडेका कारण पटक पटक दुर्घटना भइरहेको भए पनि सुरक्षाका उपाय अवलम्वन नगरेको स्थानीयले आरोप लगाए। 

शनिबार भएको घटनामा प्रहरीले घटनास्थलको नाप गर्दा विद्युतको तार जमिनबाट ५ फिट ९ इन्च मात्रै उचाइमा रहेको पाइएको र सिधा उभिँदा मृतकको तालुमा करेन्ट लागेको हुन सक्ने वडाध्यक्ष वीरबहादुर भण्डारीले बताए। वडाध्यक्ष भण्डारीले भने, ‘पटक पटक यस्ता घटना भएकाले हामीले नेपाल विद्युत प्राधिकरणको वितरण केन्द्र बाग्थलालाई सुधार गरिदिन भनी निवेदन पनि दिएको थियौं। तर प्राधिकरण कुनै वास्ता नगर्दा पुनः यो घटना घटेको हो।’

प्राधिकरणको लापरवाहीले गर्दा वडाभरी नै विद्युतीय धराप विच्छ्याए जस्तो भएको र कुन बेला दुर्घटना हुने हो भन्ने डरले स्थानीय त्रसित भएको वडाध्यक्ष भण्डारीले बताए।  नेपाल विद्युत प्राधिकरणको बझाङ वितरण केन्द्रका प्रमुख सुजन खड्काले भने आफू बझाङमा आएपछि विद्युतको तार जमिन नजिक रहेको कुरा कतैबाट जानकारी नआएको बताए। ‘यो पाँच वर्ष पहिला निर्माण भएको लाइन हो। ठाउँ ठाउँमा बिग्रिएको छ। जोखिम रहेको ठाउँमा हामीले आफैं पत्ता लगाएर पनि तारलाई व्यवस्थित गर्ने गरेका छौ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.