राष्ट्रपति रनिङ शिल्डको उपाधि अमर आदर्शलाई

राष्ट्रपति रनिङ शिल्डको उपाधि अमर आदर्शलाई
सुन्नुहोस्

बागलुङ : बागलुङ नगरपालिका स्तरीय छैठौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अमर आदर्शले जितेको छ। आइतबार सम्पन्न प्रतियोगितामा १४ स्वर्णसहित २७ पदक जित्दै अमर आदर्श आवासीय माध्यमिक  विद्यालयले उपाधि चुमेको हो। अमर आदर्शले ९ रजत र ४ कास्य पदक जित्यो। 

यस्तै ९ स्वर्ण, ७ रजत र १ कास्य पदकसहित १७ पदक जित्दै गणेश माध्यमिक विद्यालय दोस्रो र ८  स्वर्ण,  ११ रजत  र १६ कास्य पदकसहित  ३५ पदक जितेको चिल्ड्रेन लाईफ बोर्डिङ स्कुल तेस्रो भएका छन्। साविक विजेता सनराईज माध्यमिक विद्यालयले ८ स्वर्ण, १ रजत र ९ कास्यसहित १८ पदकमा चित्त बुझायो। 

प्रतियोगिता अन्तरगत छात्र भलिबल धवलागिरि वीरेन्द्र माध्यमिक विद्यालय र छात्रा भलिबल विद्यामिन्दर माविले जितेको छ। फाइनल खेलमा धवलागिरि वीरेन्द्रले महाविद्याजन माविलाई २५–१७ र २५–१ को सोझो सेटमा पराजित गरेको थियो। यस्तै  छात्रा तर्फ विद्यामन्दिरले धवलागिरि वीरेन्द्र माविलाई २५–१६ र २५–१८ को सोझो सेटमा  पराजित गरेको थियो।

कबड्डी तर्फ छात्रको खेलमा युएस एकेडेमीले स्वर्ण, विद्यामन्दिर माविले रजत र न्यू ओएसिस माविले कास्य पदक जिते। त्यस्तै छात्रा तर्फको कबड्डीमा अमर आदर्शले स्वर्ण, चिल्ड्रेन लाइफले रजत र युएस एकेडेमीले कास्य पदक जितेका छन्। 
वि
जेता अमर आदर्श आवासिय माविलाई ४० हजार रुपैयाँ र उपविजेता गणेश माविलाई २० हजार रुपैयाँ प्रदान गरिएको नगर शिक्षा अधिकारी धनप्रसाद पोख्रेलले जानकारी दिए। प्रतियोगितामा ३७ विद्यालयले सहभागिता जनाएको नगरशिक्षा शाखाले जनाएको छ।

तीन दिनसम्म चलेको प्रतियोगितामा ७० इभेन्टमा ६६ स्वर्ण, ६६ रजत र ७५ कास्य गरी २०७ पदकका लागि १ हजार ५ सय विद्यार्थीहरूले प्रतिस्पर्धा गरेको नगर शिक्षा अधिकारी पोख्रेलले बताए। 

नगरपालिका स्तरीय प्रतियोगिताको विभिन्न खेलमा सहभागी विद्यार्थीबाट उत्कृष्ट खेलाडी छनोट  गरेर जिल्ला स्तरीय प्रतियोगितामा सहभागी गराइने छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.